लन्डन । प्रवासी नेपाली एकता मंच यूकेले महामारी पीडितका लागि सहयोग जुटाउने सवैलाई धन्यवाद दिएको छ । मंचका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा हालै बसेको अनलाईन कार्यसमिति बैठकमा स्वास्थ्यको समेत ख़तरा मोल्दै रात दिन नभनि निरन्तर खटनु हुने स्वास्थ्यकर्मीप्रति सम्मान प्रकट गरेको छ । वैठकले विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसबाट बेलायतमा संक्रमित भै अकालमा मृत्यु भएका नेपालीहरूप्रति श्रद्धांजलि समेत अर्पण गरेको छ ।
मंचले संक्रमित विमारी व्यक्तिहरूको शीघ्र सुस्वास्थ्यको कामना गरेको छ । यस बिषम परिस्थितिमा नेपाली दूतावास लगायत बिभिन्न संघ संस्थाको समुदाय प्रतिको सद्भाव र सहयोगको उच्च क़दर वैठकले गरेको छ । संकटकालीन अवस्थामा सक्दो सहयोग पुराउन क्षेत्रगत रूपमा बिभिन्न क्षेत्रमा मंचका जिम्मेवार सदस्यहरूको नेतृत्वमा स्वयंसेवक टीम तयार गरी समुदायमा सहयोग पुर्याउने निर्णय गरेको छ ।
यसका लागि मंचका सम्बन्धित क्षेत्रका सदस्यहरूसंग सल्लाह गरी टीम तयार गर्ने निर्णय भएको जानकारी वैठकले दियो । मंचले भैपरि आउने समस्याको लागि आकस्मिक कोष खडा गर्ने समेत निर्णय समेत गरेको छ । क्षेत्रीय स्तरको यस्तो टीम सर्व प्रथम महामारीबाट बढी प्रभावित क्षेत्र दक्षिण पूर्व लन्डनमा स्थानीय समाजसेवी एवं मंचका कार्यसमिति सदस्य दाशुराम पान्डेको संयोजकत्वमा हाललाई १५ सदस्यीय स्वयंसेवक समिति गठन भएको छ । मंचले सो समिति बिस्तार गर्ने निर्णय गरेको छ । अन्य क्षेत्रहरूमा पनि स्वयंसेवक समिति गठनको तयारी भैरहेको जानकारी मंचका सचिव सुरेश गौतमले दिए ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा