लन्डन, (जीएनएन) –ब्रिटिश प्रधान मंत्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी सिमंड्सले आफ्नो सन्तान जन्मिएको जनाएका छन् । कोरोन संक्रमणबाट निको भएर काममा फर्केको २ दिन पछि प्रधानमंत्री जोन्सनले पुत्र लाभ गरेका हुन् । ५५ वर्षीय जोन्सन र ३२ वर्षीय सिमंड्सको औपचारिक विहे हुनभने बांकी नै छ ।
प्रधानमन्त्री जोन्सन तथा उनकी प्रेमिकाकी एक प्रवक्ताले क्यारी सिमंड्सले बुधबार बिहान लन्डनको एक अस्पतालमा शिशुलाई जन्म दिएको बताइन् । आमा तथा शिशु दुवै स्वस्थ रहेको पनि उनले बताइन् । ब्रिटेनका विभिन्न राजनीतिक दलका नेता तथा साम्सदहरुले जोन्सन दम्पतिलाइ बधाई दिएका छन् । प्रधानमन्त्री जोन्सनका दोश्री श्रीमती मेरिना व्हिलरबाट चार छोराछोरी तथा हेलेन म्याकिनटायरबाट एक छोरी छन्। जोन्सनले गत फेव्रुअरी महिनामा आफ्नी श्रीमती मेरिनासंग आफुले पारपाचुके गरेको घोषणा गरेका थिए ।
गत मार्च २७ मा कोरोनाको संक्रमण देखिएका प्रधानमंत्री जोन्सनलाई लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन रातसम्म ‘इन्टेसिभ केयर युनिट’ मा राखिएको थियो । अप्रील १२ मा डिस्चार्ज भए पछि उनले बकिंगहमशायरस्थित आफ्नो सरकारी निवासमा आराम गरेका थिए । उनी गत सोमबार मात्रै काममा फर्किएका थिए । कोरोनाका सामान्य संकेतहरु देखिए पछि उनकी गर्भवती प्रेमिका पनि स्व-एकान्तवासमा बसेकी थिइन् ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?