लण्डन । कोरोना भाइरसको संक्रमणबाट हालै निको भएका बेलायत निबासी कँडेल ग्रुपका म्यानेजिङ डाइरेक्टर राजन कँडेलले साउथ इस्टमा बसोबास गर्दै आइरहेका नेपाली वृद्धाहरुलाई राहत कार्यक्रमको घोषणा गरेका छन् ।
यो सहयोग विशेष गरी ७० वर्ष नाघेका नेपाली वृद्धा तथा अवकाश प्राप्त गोर्खाहरुलाई दिइने उनले बताएका छन् । साथै विभिन्न रोगका कारण कमजोर स्वास्थ्यस्थिति भएका व्यक्तिहरु जो कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा छन्, त्यस्ता व्यक्तिहरुलाई यो सहयोग दिइने उनले जानकारी दिए । उनले भनेका छन्, “कँडेल ग्रुपको संलग्नतामा रहेको तीन फार्मेसीहरुले यो सहयोग प्रदान गर्नेछन् । अब यो फार्मेसीहरुले यस्ता व्यक्तिहरुलाई घर घरमा गएर निशुल्क औषधी वितरण गर्नुका साथै उनीहरुलाई सुरक्षित राख्न फेश मास्क र ग्लोभ्स वा ह्याण्ड स्यानीटाइजर निशुल्क वितरण गरिनेछ । यो सहयोग साउथ इस्ट लण्डनमा मात्र केन्द्रित रहनेछ ।”
लण्डनको आवेउडमा नीम ट्री फार्मेसी, प्लमस्टेडमा प्लमस्टेड फार्मेसी र उलवीचमा उलवीच लेटनाइट फार्मेसीले यी सेवाहरु प्रदान गर्ने उनले बताए । नीम ट्री फार्मेसीकी सुपरिटेन्डेण्ट फर्मासिष्ट शोभा कँडेल र प्लटस्टेड फार्मेसकी सुपरिटेन्डेण्ट फर्मासिष्ट दिलासा श्रेष्ठ फार्मेसीले समुदायलाई दिने सेवाका लागि अहोरात्र खटिइरहेको कँडेलले जानकारी दिए । केही हप्ता अगाडि शोभा कँडेल पनि कोरोना भाइरसबाट संक्रमित भएको र संक्रमणबाट मुक्त भएसँगै पुनः आफनो काममा उनी फर्किएको कँडेलले बताए । उनले भनेका छन्, “यो महामारीको समयमा हाम्रा लागि बिरामीहरुको सेवा नै पहिलो प्राथमिकता हो, हाम्रो जिम्मेवारी भनेकै समुदायको सेवा गर्नु हो । यस समयमा कमजोर तथा अशक्त बिरामीहरुलाई विशेष सहयोग गरी सुरक्षित राख्नु हाम्रो जिम्मेवारी पनि हो ।” यो सुविधा ७० वर्ष नाघेका र सरकारले जारी गरेको निर्देशिकाभित्र पर्ने समूहलाई मात्र यो सेवा दिइने उनले बताए ।
त्यस्तै अर्की सुपरिटेन्डेण्ट फर्माशिष्ट दिलाशा श्रेष्ठले पनि नेपाली नर्सिङ एसोसियशनको जुम कन्फेरेन्समार्फत नेपाली समुदायलाई कोरोना भाइरसबारे सल्लाह सुझाव दिँदै आइरहेको उनले बताए ।
सेवामा चाहिने व्यक्तिहरु निम्न फोनमा सम्पर्क गर्न सकिनेछ ।
निम्न स्थानमा रहेका फार्मेसीको सम्पर्क नम्बर
आवेउड, फोन नम्बरः ०२०८३११९००३
प्लमस्टेड, फोन नम्बरः ०२०८३११०६३६
उलविच, फोन नम्बरः ०२०८३१६७९७
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा