लन्डन । बेलायतबाट नेपाल फर्किने तयारी अवस्थामा एक सय भन्दा बढी व्यक्तिहरु रहेका छन् । बेलायतस्थित नेपाली राजदूतावासका अनुसार एक सय भन्दा बढी व्यक्ति हवाइजहाज खुलेकै दिन नेपाल जान तयारी अवस्थामा रहेका हुन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयले लकडाउन अवधि सकिए लगत्तै कति नेपाली नेपाल फर्कन सक्लान् भनेर अध्ययन थालिरहेको अवस्थामा दूतावासले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुको विवरण उपलव्ध गराउने तयारी गरेको हो ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले विदेशस्थित कति नेपाली लकडाउनपछि तत्काल नेपाल फर्कन्छन् भनि दूतावासहरुसँग जानकारी माग्न सुरु गरिसकेको छ जसमा बेलायत पनि पर्छ । यद्यपि, दूतावाससँग सम्पर्क नगरी आफ्नै योजनामा नेपाल जाने नेपाली धेरै हुन सक्ने अनुमान दूतावासको छ । दूतावास उपनियोग प्रमुख शरदराज आरणका अनुसार तीन खालका व्यक्तिहरु नेपाल जान सम्पर्कमा आएका छन् । जसमा बेलायतमा एक कार्यक्रममा भाग लिन आएका १८ जना डाक्टरहरुको समूह, बेलायत भ्रमणमा आएका नेपालीहरु र विश्वविद्यालयमा अध्ययनका लागि आएका विद्यार्थीहरु छन् । उनीहरु कोरोना संक्रमणका कारण बेलायत लकडाउन भएपछि यहाँ रोकिएका हुन् ।
दूतावासको सम्पर्कमा आउने विद्यार्थीहरुलाई प्रवक्ता समेत रहेका आरणले सम्झाई बुझाई गरिरहेका छन् । ‘कोरोनाका कारण केही विद्यार्थीहरु अलि आत्तिएका देखिन्छन् । मैले सकेसम्म सम्झाई बुझाई गरिरहेको छु’,आरणले वीनेपालीसँग भने, ‘विशेष गरी यहाँ जागिर नभएका तथा जनवरी र फ्रेबुअरीमा अध्ययनका लागि बेलायत आएका विद्यार्थीहरु कोरोना समस्याले डराएको देखिन्छ ।’
ती विद्यार्थीहरुले जागिर सुरु नगरेकाले अब के हुने हो भन्ने अन्योलमा देखिन्छन् । कोरोनाका कारण विश्वविद्यालयले अनलाइन प्रणाली मार्फत अध्ययन र अध्यापन सुरु गरेका छन् । यस्तो परिस्थितिमा बेलायत बस्नु भन्दा पनि नेपालमै बसेर अनलाइन अध्ययन गर्ने सोचाईमा केही विद्यार्थीहरु रहेका छन् । । ‘केही विद्यार्थी परिवारको एक्लो सदस्य भएकाले पनि नेपालमा आमाबुवा आत्तिने र विद्यार्थी यहाँ आत्तिने समस्या देखिएको छ’, आरणले भने ।
स्रोतका अनुसार विद्यार्थीहरुलाई कन्सल्टेन्सीले ‘मिसगाइड’ गरेकाले लण्डनबाट धेरै टाढाको विश्वविद्यालयमा भर्ना गराइएको दुःखेसो विद्यार्थीले पोखेका छन् । ‘कन्सल्टेन्सीका प्रतिनिधिले तपाईंको विश्वविद्यालय लण्डनबाट एक घण्टा टाढा हो, लण्डन आएर जागिर गर्न खासै समस्या छैन्’- एक विद्यार्थीले दुःखेसो पोख्दै भने, ‘त्यो कुरा गलत रहेछ । म अध्ययन गर्ने विश्वविद्यालयकाट लण्डन आउन चार घण्टा यात्रा गर्नुपर्ने रहेछ । त्यो पनि महंगो टिकेटमा ।’
यद्यपि नेपाल फर्कन चाहने विद्यार्थीहरुका लागि विश्वविद्यालयसँग पत्राचार गरेर पैसा फिर्ताका लागि पहल भइरहेको जानकारी दूतावासका प्रवक्ता आरणले दिए ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा