रासस–एपी–एएफपी । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने २९ लाख २३ हजार व्यक्ति संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार आइतबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५४ हजार २६५ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २० हजार १३८ जना पुगेको छ । युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ३६४ जना, स्पेनमा २२ हजार ९०२ जना, फ्रान्समा २२ हजार ६१४, बेलायतमा २० हजार ३१९ जना, बेल्जियममा ६ हजार ९१७ जना, जर्मनीमा ५ हजार ८७७ जना, नेदरल्यान्ड्समा ४ हजार ४०९ जना, स्वीडेनमा २ हजार १९२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५९९ जना, आयरल्यान्डमा १ हजार ६३, पोर्चुगलमा ८८० जना तथा रसियामा ६८१ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ६५० जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ४ हजार ५७ जना, टर्कीमा २ हजार ७०६ जना, क्यानाडामा २ हजार ४६५ जना, मेक्सिकोमा १ हजार ३०५ जना, भारतमा ८२५, इन्डोनेसियामा ७२० जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
१. युरोप १५,५३,१२१ ४,०७,३१४ १,२०,१३८
२. उत्तर अमेरिका १०,३६,५४९ १,४४,३२५ ५८,७०३
३. एसिया ४,६२,५०६ २,२१,१२१ १६,९६१
४. दक्षिण अमेरिका १,३१,३७४ ४७,९२४ ६,०२०
५. अफ्रिका ३१,१०३ ९,५३१ १,३७९
६. ओसेनिया(अस्ट्रेलिया) ८,२८२ ६,७४९ १०१
दक्षिण एसियाली मुलुकहरु
१. भारत २६,४९६ ५,९३९ ८२५
२. पाकिस्तान १२,७२३ २,८६६ २६९
३. बंगलादेश ४,९९८ ११३ १४०
४. अफगानिस्तान १,४६३ १८८ ४७
५. श्रीलंका ४६२ ११८ ७
६. माल्दिभ्स १७७ १७ –
७. नेपाल ५१ १२ –
८. भूटान ७ ३ –
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी