लण्डन । प्रख्यात पर्वतारोही निर्मल पुर्जाको पुस्तक ‘वियोण्ड पोसिवल’ यही सेप्टेम्बरमा बजारमा आउने भएको छ ।
उनले सो पुस्तकमा संसारकै कठिनतम हिमालहरु कसरी चढियो, कसरी पूर्व कीर्तिमानहरु तोडिए, चुनौतीका चाङहरु कसरी व्यवस्थापन गरियो भन्ने सो पुस्तकमा समेटिएको बताएका छन् ।
सो ३५२ पृष्ठको सो पुस्तकलाई होडर एण्ड स्टोउटनले बजारमा ल्याएको हो ।
बेलायती सेनाका पूर्व सैनिक पुर्जाले गतवर्ष ६ महिनामा विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गरी विश्व रेकर्ड कायम गरेका थिए । उनको अभियानको नाम प्रोजेक्ट पोसिबल राखिएको थियो । यसअघि सो रेकर्ड ७ वर्ष १० महिना ६ दिनको थियो ।
सो पुस्तक अग्रिम अर्डर गर्न सकिने बताइएको छ । वाटरस्टोन्स र अमाजनमा सो पुस्तक प्रिअर्डर गर्न सकिन्छ । पुस्तकको मूल्य २० पाउण्ड तोकिएको छ तर अमाजन किण्डल भर्सनको भने १० पाउण्ड ९९ पेन्स मूल्य राखिएको छ ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?