कोरिया । कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् ।
दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई सरकारी राहत उपलब्ध गराउने भएको हो ।
कोरियामा महामारी फैलिएको बखतदेखि नै दैनिक जीवनयापन गर्न सहज होस् भनी आफ्नो नागरिकलाई प्रान्तीय सरकारले एक लाख कोरियाली वन राहतस्वरुप दिँदै आएको थियो । अबदेखि उक्त राहत एफ छ र एफ ट प्रवेशाज्ञा भएका विदेशीलाई पनि दिने निर्णय गरिएको हो । निर्णयानुसार एफ छ र एफ ट प्रवेशाज्ञा भएका नेपालीले पनि अब उक्त राहत पाउने छन् ।
यसअघि कर विदेशीसँग पनि लिने तर राहत बाँड्ने बेलामा भेदभाव गरेको भनी प्रान्त सरकारले बाँड्ने राहत विदेशलाई पनि दिनुपर्छ भन्दै हस्तारक्षर संकलन गरिएको थियो । तीन हप्तामा १४ हजार हस्ताक्षर प्रान्तीय सरकारको सरकारी वेबसाइट जम्मा भएको थियो । तथ्यांकानुसार ख्याङ्गिदो प्रान्तमा ६० हजारभन्दा बढी स्थायी तथा ४८ हजारभन्दा बढी वैवाहिक प्रवेशाज्ञामा बसेका विदेशी नागरिक छन् ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी