लण्डन । भारतको रेल सेवा प्रदायक निकायले दैनिक दुई लाख ६० हजारभन्दा बढीलाई खान खुवाउने गरेको जनाएको छ ।
रेल सेवाका देशभरी रहेका विभिन्न कार्यालयमार्फत् दैनिक २ लाख ६० हजार जनालाई खाना खुवाइएको हो । लकडाउनका कारण खाद्य सङ्कटमा परेकाहरुलाई खाना खुवाउने कार्य भइरहेको रेल मन्त्रालयले बुधबार जनाएको छ ।
जिल्लास्तरमा रहेका सबै कार्यालयहरुलाई उनीहरुका लागि खानको व्यवस्था गर्न सूचित गरिएको पनि मन्त्रालयको भनाइ छ । रेल सेवाका कार्यालयको क्षमताअनुसार क्षेत्र क्षेत्रमा खाना खुवाउदा दैनिक दुई लाख ६० हजार भन्दा बढीले सेवा पाएका छन्, मन्त्रालयका एक अधिकारीले भने ।
पीडित धेरै भएको कतिपय ठाउँमा एक ठाउँबाट अर्को ठाउँमा पनि लगिदिने गरिएको बताइएको छ । उनीहरुलाई प्रति छाक १५ रुपैयामा खुवाइएको पनि समाचारमा जनाइएको छ । खर्चको व्यवस्थापन भने राज्यले गरिदिएको छ । राज्यले चाहेमा अहिले खुवाइरहेका भन्दा अरुलाई पनि खाना खुवाउन सकिने रेल सेवाका अधिकारीको भनाइ छ । भारतीय रेल सेवाले दैनिक झण्डै एक लाख जनालाई त यसअघि पनि खाना खुवाउदै आएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने