लण्डन । भारतको रेल सेवा प्रदायक निकायले दैनिक दुई लाख ६० हजारभन्दा बढीलाई खान खुवाउने गरेको जनाएको छ ।
रेल सेवाका देशभरी रहेका विभिन्न कार्यालयमार्फत् दैनिक २ लाख ६० हजार जनालाई खाना खुवाइएको हो । लकडाउनका कारण खाद्य सङ्कटमा परेकाहरुलाई खाना खुवाउने कार्य भइरहेको रेल मन्त्रालयले बुधबार जनाएको छ ।
जिल्लास्तरमा रहेका सबै कार्यालयहरुलाई उनीहरुका लागि खानको व्यवस्था गर्न सूचित गरिएको पनि मन्त्रालयको भनाइ छ । रेल सेवाका कार्यालयको क्षमताअनुसार क्षेत्र क्षेत्रमा खाना खुवाउदा दैनिक दुई लाख ६० हजार भन्दा बढीले सेवा पाएका छन्, मन्त्रालयका एक अधिकारीले भने ।
पीडित धेरै भएको कतिपय ठाउँमा एक ठाउँबाट अर्को ठाउँमा पनि लगिदिने गरिएको बताइएको छ । उनीहरुलाई प्रति छाक १५ रुपैयामा खुवाइएको पनि समाचारमा जनाइएको छ । खर्चको व्यवस्थापन भने राज्यले गरिदिएको छ । राज्यले चाहेमा अहिले खुवाइरहेका भन्दा अरुलाई पनि खाना खुवाउन सकिने रेल सेवाका अधिकारीको भनाइ छ । भारतीय रेल सेवाले दैनिक झण्डै एक लाख जनालाई त यसअघि पनि खाना खुवाउदै आएको थियो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक