काठमाडौं । गैरआवासीय नेपाली संघको पदाधिकारीहरुको बैठकले कोरोना भाइरस (कोभिड १९) प्रभावितलाई राहत र ब्यबस्थापनको लागि नेपाल सरकारसँग मिलेर अघि बढने निर्णय गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९ अप्रिल आइतबार बसेको पधाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको जानकारी संघका प्रवक्ता डिबी क्षेत्रीले दिएका हुन् । उनका अनुसार बैठकले अध्यक्ष कुमार पन्तलाई त्यसका लागि नेपाल सरकारसँग बिशेष पहल गर्न जिम्मा दिएको छ ।
कोभिड १९ का कारण विदेशमा संक्रमित, मृतक र अप्ठेरोमा परेका नेपालीहरुको लागि आवश्यक राहत सहयोग र उद्धारलगायत काम गर्न एनआरएनए एक्लैले नसक्ने निष्कर्ष बैठकको छ ।
नेपाल सरकारले बिभिन्न मुलुकमा कुटनीतिक प्रयास गर्नुपर्ने भएकाले सरकारको साथ चाहिने ठम्याई बैठकको छ । ‘कतिपय गैरआवासीय नेपाली संघको क्षेत्राधिकर र कर्तब्यभित्र पर्न जान्छन्’, प्रवक्ता क्षेत्रीले भने, ‘कतिपय नेपाल सरकारले गर्नुपर्ने काम हुन्छ । यसकारण सरकारसँग मिलेर अघि बढनुपर्ने अवस्था छ ।’
एनआरएनए अध्यक्ष पन्तले नेपाल सरकारसँग समन्वय गरि सोहि अनुरुप भएको सहमतिका आधारमा काम गर्ने निर्णय बैठकले गरेको छ। प्रवक्ता क्षेत्रीका अनुसार अध्यक्ष पन्तबाट नेपाल सरकारसँग भएका सहमतिको योजनासहित संघको आधिकारिक जानकारी नियमित रुपमा आउनेछ ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय