पोर्तुगल । सचेतना अभिवृद्धि उपसमिति पोर्तुगलले डाक्टर र नर्ससंग शनिवार अन्तरक्रिया गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) विरुद्ध सचेतना उपसमिति पोर्तुगलले कोरोना भाइरसको सम्बन्धमा स्वदेश तथा विदेश रहनु भएका डाक्टर र नर्ससँग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा कोरोना भाइरसबाट जोगिन नेपालीहरुले अपनाउनु पर्ने होसियारी, खानपिन, बसाइ, हिडार्इ र अन्य गतिविधिका फाइदा, बेफाइदाका बारेमा छलफल गरेको थियो । जुम मार्फत गरिएको भिडियो कन्फेरेन्समा सेन्ट मेरिज हस्पिटल, सिकागो, अमेरिकामा कार्यरत डा. प्रतीक्षा थापा पण्डित र बेलायतको सरकारी हस्पिटलका वरिष्ठ स्वास्थ्यकर्मी राजेन्द्र पुडासैनीले भाग लिएका थिए । अन्तरक्रियामा उपसमितिको तर्फबाट हेम गुरुङ, राजकुमार थापा, मनोज भट्टराई, सुनीता भट्टराई, शोभा गिरी र बेलायतबाट श्याम लुइँटेल सहभागी थिए ।
https://www.facebook.com/watch/?v=526404921600869
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द