लण्डन । युकेमा लक डाउन अरु तीन साता थपिएको छ ।
फष्ट सेक्रेटरी डोमिनिक राबले आज बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रीटमा आयोजित नियमित पत्रकार सम्मेलनमा लकडाउन अरु तीन साता थप्ने सरकारी निर्णय सुनाएका हुन् । उनले संक्रमणको दर अझै नघटेका कारण लकडाउनलाई लचिलो बनाउने जाेखिम सरकारले नलिने बताएका हुन् ।
सरकारले मार्च २३ मा पहिलोपटक तीन साताका लागि लकडाउन घोषणा गरेको थियो । सरकारले तीनसातामा सो लकडाउनको पुनरावलोकन गरिने बताएको थियो ।
राबले लकडाउन खुकुलो बनाउन हतार गरिएमा अहिलेसम्म गरिएका त्यागहरु र सबै प्रगतिहरु बेकार हुने बताए । अहिले लकडाउन खोल्दा फेरि भाइरस फैलिने र फेरि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने उनले चेतावनी दिए । त्यसो भएमा अर्थतन्त्र अरु नाजुक हुने उनको तर्क थियो । लकडाउनले काम गरिरहेको तर केयर होम र अस्पतालहरुमा संक्रमण बढिरहेकाे उनले बताए ।
उनले एनएचएसले धान्न सक्ने अवस्था भएपछि, मृत्युदरमा लगातार गिरावट आएपछि, संक्रमण व्यवस्थापन गर्न सकिने भएपछि,परीक्षण र व्यक्तिगत सुरक्षा उपकरणको आपूर्ति भविष्यमा हुने मागअनुसार धान्न सक्ने भएपछि र फेरि अर्को संक्रमण आउँदैन भन्ने निश्चित भएपछि मात्र लकडाउन खोल्न सकिने पनि बताए ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?