काठमाडौं। राष्ट्रसंघीय निकाय र बेलायतको सहयोगमा नेपालमा जारी अन्तर्राष्ट्रिय परियोजनाहरुमा बालश्रम प्रयोग गरेर तयार पारिएको इट्टा प्रयोग हुने गरेको खुलासा भएको छ। बेलायती पत्रिका गार्जियनको अनुसन्धानले त्यस्तो बालबालिका ८ वर्षसम्मका भएका र उनीहरुले दैनिक पन्ध्र घण्टासम्म काम गर्ने गरेका छन्।
बेलायत सहयोगमा विश्व खाद्य कार्यक्रमले सञ्चालन गरेको ३२ लाख अमेरिकी डलरको परियोजना समेत भएको जनाएको छ। वालश्रम सम्बन्धी मानवअधिकारको उल्लंघन गर्दै भएको यस्तो कार्यलाई गार्जियनले ‘ब्लड ब्रिक्स’ नामाकरण गरेको छ। बालश्रमको प्रयोग गरिएको इट्टाहरुको प्रयोग एशियाली विकास बैंक (एडिबी) को लगानी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र मेरियट होटल र काठमाण्डौंको आन्तरिक हवाइ सेवाको सुधारमा समेत मा समेत वालश्रम प्रयोग भएको छ।
गार्जियनले अन्तर्राष्ट्रिय दाताहरु, सहयोग नियोग, अन्तर्राष्ट्रिय कम्पनीहरु र नेपाल सरकारले आपूर्ति सञ्जाल वाल तथा बधुवा श्रमबाट मुक्त गर्ने कुरा सुनिश्चित गर्न र नेपालको इट्टा भट्टाहरुको दारुण अवस्था रोक्न पूर्ण रुपमा असफल भएको जनाएको छ।
नेपालमा इट्टा भट्टा तीव्र रुपमा विकास हुँदै गएपनि अहिले त्यो संख्या १ हजार १ सय छ। यस्ता उद्योगहरुमा थोरै ज्यालामा लामो समय काम गर्नुपर्ने विशेषता हो। विज्ञहरुले नेपालका इट्टा भट्टामा २८ हजार बालबालिका काम गर्दै आएको अनुमान गरेका छन् । त्यसमा आधाभन्दा बढीको उमेर १४ वर्षभन्दा कम रहेको अनुमान छ ।
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?