काठमाडौं। राष्ट्रसंघीय निकाय र बेलायतको सहयोगमा नेपालमा जारी अन्तर्राष्ट्रिय परियोजनाहरुमा बालश्रम प्रयोग गरेर तयार पारिएको इट्टा प्रयोग हुने गरेको खुलासा भएको छ। बेलायती पत्रिका गार्जियनको अनुसन्धानले त्यस्तो बालबालिका ८ वर्षसम्मका भएका र उनीहरुले दैनिक पन्ध्र घण्टासम्म काम गर्ने गरेका छन्।
बेलायत सहयोगमा विश्व खाद्य कार्यक्रमले सञ्चालन गरेको ३२ लाख अमेरिकी डलरको परियोजना समेत भएको जनाएको छ। वालश्रम सम्बन्धी मानवअधिकारको उल्लंघन गर्दै भएको यस्तो कार्यलाई गार्जियनले ‘ब्लड ब्रिक्स’ नामाकरण गरेको छ। बालश्रमको प्रयोग गरिएको इट्टाहरुको प्रयोग एशियाली विकास बैंक (एडिबी) को लगानी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र मेरियट होटल र काठमाण्डौंको आन्तरिक हवाइ सेवाको सुधारमा समेत मा समेत वालश्रम प्रयोग भएको छ।
गार्जियनले अन्तर्राष्ट्रिय दाताहरु, सहयोग नियोग, अन्तर्राष्ट्रिय कम्पनीहरु र नेपाल सरकारले आपूर्ति सञ्जाल वाल तथा बधुवा श्रमबाट मुक्त गर्ने कुरा सुनिश्चित गर्न र नेपालको इट्टा भट्टाहरुको दारुण अवस्था रोक्न पूर्ण रुपमा असफल भएको जनाएको छ।
नेपालमा इट्टा भट्टा तीव्र रुपमा विकास हुँदै गएपनि अहिले त्यो संख्या १ हजार १ सय छ। यस्ता उद्योगहरुमा थोरै ज्यालामा लामो समय काम गर्नुपर्ने विशेषता हो। विज्ञहरुले नेपालका इट्टा भट्टामा २८ हजार बालबालिका काम गर्दै आएको अनुमान गरेका छन् । त्यसमा आधाभन्दा बढीको उमेर १४ वर्षभन्दा कम रहेको अनुमान छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने