
काठमाडौं । गैरआवासीय नेपाली संघ कार्यकारी (एनआरएनए आइइएस) हरुको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । ५ अप्रिल आईतबार बसेको बैठकले नेपाल सरकारलाई कोरोना भाइरस (कोभिड १९) मा सहयोग गर्न संसारभरका गैरआवासीय नेपालीलाई आव्हान गरेको प्रवक्ता डिबि क्षेत्रीले जानकारी दिएका छन् ।
बैठकका निर्णयहरु-
१. कोभिड १९ राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट १ करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको कोभिड १९ संबन्धि उपचार र रोकथामका लागि आवश्यक सामानहरु खरिद गरि नेपाल सरकारलाई हस्तान्तरण गर्ने निर्यण भएको छ।
२. त्यो भन्दा उपरान्तको संकलन र सहयोग रकम भने विदेशमा नै बस्ने नेपालीहरुको सहयोगको लागि राहत स्वरुप खर्च गरिने निर्णय भएको छ।
३. संघको अनलाइन एप्सबाट सानो भन्दा सानो देखि ठूलोसम्म रकम आफ्नो ठाउँबाट नै दिन सकिन्छ । आफ्नै फोन, ट्याब्लेट, कम्प्युटर इत्यादिबाट डेभिड या क्रेडिटकार्ड प्रयोग गरि सहयोग दिन सकिने ब्यबस्था छ । दिएको रकम आफैंले र अरुले समेत साइटमा गएर हेर्न सकिनेछ । यति मात्र होइन, यसलाई अझै पारदर्शी बनाउन कोषाध्यक्ष महेश श्रेष्ठको नेत्रित्वमा अझै थुप्रै बिधि र प्रक्रियाहरु गरिंदै जाने निर्णय भएको छ।
४. संघका सबै क्षेत्रमा कोभिड १९ को लागि समितिहरु बनाएर, नेपालीहरुलाई सहयोग गर्न, भएका गतिबिधि र घटना समेत अपडेट गर्न क्षेत्रीय संयोजक ‘आरसी’ हरुलाई निर्देशन जारि भएको र अझै स्मरण गराउने निर्णय भएको छ।
५. नेपाल सरकारका विदेशस्थित रहेका मिशन, राजदूतावासका प्रतिनिधि रहने, सम्पूर्ण संघ-संस्था र प्रतिष्ठित र संबन्धित व्यक्तिहरुको समेत प्रतिनिधित्व हुने गरि समिति बनाउने र सोहि समितिले सहयोग, सपोर्ट र उद्धारको लागि काम गर्न नेपाल सरकारसंग प्रस्ताव गर्ने। यसका लागि संघका अध्यक्ष कुमार पन्तले पहल गर्ने निर्णय समेत भएको छ ।
६. कोरोना संबन्धि संघको हेल्थ कमिटीले विभिन्न सूचना र थप जानकारी गर्दै गरेको छ। अब पनि आफ्ना कुनै जिज्ञासा भए उहाहरुलाई सम्पर्क गर्न जानकारी गराउने निर्णय गरिएको छ ।
७. क्षेत्र र सम्पूर्ण राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले गरेका कोभिड १९ संबन्धि गतिबिधि मात्र होइन अन्य गतिबिधि पनि संचार तथा प्रकाशन समितिलाई पठाउन यस अघि नै निर्देशन र इमेल गरिएको छ । उपरान्त सबै एनसीसी र क्षेत्रीय स्तरका सबै गतिबिधि पठाउन अझै स्मरण गराउने निर्णय भएको छ ।
८. बैठकले सम्पूर्ण एनसीसी, क्षेत्रीय संयोजक ‘आरसी’, सम्पूर्ण एनआरएन र विदेश स्थित रहेका नेपालीहरु, संघ-संस्थाहरुको सहयोगको लागि हार्दिक धन्यवास ज्ञापन गरिएको छ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी