लण्डन । युद्ध कवि, उपन्यासकार तथा नेपाली युद्ध साहित्यका एक अभियन्ता गणेश राईको फोकल्याण्ड युद्धसम्बन्धि मेमोर ‘गोरखा गन्स’ युकेबाट प्रकाशित भएको छ ।
यस कृति युकेको प्रकाशन गृह द कनराड प्रेसले यहि मार्च १६ बाट अंग्रेजी संस्करणमा प्रकशित गरेको हो ।
युकेको फेमस एक्ट्रेस जोअना लुम्लेले यस बुकको समीक्षामा ‘एउटा युवा गोरखा सैनिकको मस्तिस्कमा फोकल्याण्ड युद्धको समयमा चित्रित अमूल्य झलक’ भनेकी छिन् । उनले कृतिलाई सैनिकहरूको साधारण तर हृदयविदारक कथा भनेकी छिन् ।
यो समीक्षा र फोकल्याण्ड युद्धको एउटा सामुहिक तस्बिर पुस्तकको फ्रन्ट पेजमा राखिएको छ, जसले पाठकहरुको मन सहजै पुस्तकतिर आकर्षण गर्दछ ।
१७६ पृष्टको किताबमा लेखकले फोकल्याण्ड युद्धको यथार्थ चित्रण गर्नु भएको छ र यसले गोर्खालीको त्याग, बलिदान र बहादुरीको सहि र सत्य इतिहासको पुनर्लेखनमा ठूलो मद्दत गर्नेछ । फोकल्याण्ड युद्ध हुँदा गोर्खालीहरु माथि थोपरिएको झुटो आरोप, प्रोपोगान्डाहरुलाई चिर्न यो पुस्तक कोसेढुंगा साबित हुनेछ ।
फोकल्याण्ड युद्धबारे थुप्रै अंग्रेजी लेखकले लेखेका पुस्तकहरु प्रकासित भएका छन् तर फोकल्याण्ड युद्ध र गोर्खालीहरुको योगदानबारे युद्गमा सहभागी गोर्खा सैनिकले लेखेको कृति भने यो पहिलो हो र यस कृतिले फोकल्याण्ड युद्ध र गोर्खालीबारे धेरै कुराहरुको अभिलेखीकरण गरेको छ ।
यो किताब युकेको सम्पूर्ण पुस्तक पसलहरु वाटरस्टोन्स, बुक डिपोजिटरी, अमाजन लगायत अन्य बुक बितरकहरुबाट उपलब्ध छ ।
उक्त बुकको लिंकहरु हेर्नुहोस:
https://www.bookdepository.com/Gurkha-Guns-Ganesh-Rai/9781911546856?ref=grid-view&qid=1584804361415&sr=1-1
https://www.abebooks.co.uk/servlet/BookDetailsPL?bi=30597478061&searchurl=sortby%3D17%26tn%3Dgurkha%2Bguns&cm_sp=snippet-_-srp1-_-title1
https://www.waterstones.com/book/gurkha-guns/ganesh-rai/9781911546856
https://www.foyles.co.uk/witem/biography/gurkha-guns,ganesh-rai-9781911546856
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?