लन्डन । ब्रिटिश आर्मीको रोयल गोर्खा राइफल्स्मा कार्यरत गोर्खाहरु लन्डनमा ४ हजार शैयाको अस्पताल निर्माणमा जुटेका छन् । ब्रिटेनको पहिलो एनएचएस नाइटिंगेल हस्पिटल निर्माणमा अन्य कामदारसंगै गोर्खाहरु खटिएका हुन् ।
नेपालमा महाभूकम्प जांदा पनि रोयल गोर्खा राइफल्स् स्कुल तथा सामुदायिक भवन निर्माणमा खटिएको थियो ।
आउंदो सातासम्म ५ सय शैया तयार भइसक्ने र यसलाई ४ हजार क्षमतासम्म बनाउने लक्ष्य छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण तीव्र फैलिएपछि सरकारले पूर्वी लन्डनको एउटा विशाल प्रदर्शनी कक्ष एक्सेल सेन्टरलाई अस्पतालमा परिणत गर्न लागेको हो । ८७ हजार ३ सय २८ स्क्वायर मिटर स्पेश भएको एक्सेल सेन्टरमा जि २० सम्मेलन, विभिन्न प्रदर्शनी र लन्डन २०१२ ओलम्पिक्स भएका थिए ।
बेलायतमा शनिबारसम्म कोभिड १९ बाट मर्नेको संख्या १०१९ पुगेको छ । शुक्रबार यो संख्या ७५९ रहेकामा एकैदिन २६० जनाले ज्यान गुमाएका हुन् ।
प्रधानमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री म्याट हयानककसहित १७ हजार ८९ जनामा संक्रमण देखिएको छ । बेलायत सरकारका प्रमुख चिकित्सा अधिकृत प्राध्यापक क्रिस हवीटीमा समेत लक्षण देखा परेको समाचारमा उल्लेख छ ।
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?