
लन्डन । कोरोना भाइरस (कोभिड १९) संक्रमणकै कारण बेलायतमा एकै परिवारको दुई जनाको निधन भएको छ ।
६१ बर्षिय पिता सुधिर शर्मा र तेत्तीस बर्षिय छोरी पूजाको कोरोना भाइरस संक्रमणकै कारण २४ घण्टाभित्रै दुवैको निधन भएको हो ।
गत बुधबार पिताको निधन भएको भोलीपल्ट विहीबार छोरीको कोरोना संक्रमणबाटै निधन भएको द सन पत्रिकाले जनाएको छ । सुधिर शर्मा हिथ्रो अन्तर्राष्ट्र्यि विमानस्थल टर्मिनल तीनमा अध्यागमन फ्रन्ट लाईनमा कार्यरत थिए । उनकी छोरी पूजा शर्मा फर्मासिस्ट थिइन ।
हजारौं व्यक्ती ओहोरदोहोर गर्ने अध्ययनगमन भन्दा बाहिर नै शर्मालाई कोरोना संक्रमण भएको दावी हिथ्रो विमानस्थल अध्यागमन कार्यालयले गरेको छ । केही स्वास्थ्य समस्या झेलिरहेका शर्मा गत ७ जनवरीमा अन्तिमपटक काम गरेपछि विदामा थिए ।
असल साथी गुमाएकोमा कर्मचारीहरुले दुख व्यक्त गरेका छन । कोरोना संक्रमणकै कारण अन्त्यष्टीमा कोही सहभागी हुन नपाएको पनि द सनले जनाएको छ । इस्टबोर्ने डिसट्रीक्ट जेनरल हस्पिटल इस्ट ससेक्समा कार्यरत पूजा तीन दिनदेखि अस्पतालमा थिइन । पिताबाट छोरीमा भाईरस सरेको ठम्याई डाक्टरको छ । पूजाका साथीहरुले सामाजिक संजालमा हार्दिक श्रद्धान्जलीको पोष्ट गरि संक्रमणबाट जोगिन सवैलाई अनुरोध गरेका थिए ।
बेलायतमा कोरोना संक्रमणबाट शुक्रबारसम्ममा सात सय ५९ जनाको ज्यान गैसकेको छ । शुक्रबारसम्ममा १४ हजार पाँच सय ७९ जनामा संक्रमण देखा परेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री म्याट हानककलगायत करीव आधा दर्जन बरिष्ठ राजनीतिज्ञलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
(यसअघि समाचारमा थप दुई नेपालीको कोरोनाबाट निधन भन्ने उल्लेख भएपनि नेपाली भएकोबारे आधिकारिक पुस्टि नभएकाले सच्याइएको छ । यसबाट पाठकलाई पर्न गएको भ्रमप्रति दु:खी छौं-सम्पादक)
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’