
लन्डन । ग्राजुएट इन्टरपेनर्स नेप्लीज सोसाईटी (जेन्स) यूके अध्यक्षमा तिलक भट्टराई निर्वाचित भएका छन् ।
कोरोना भाईरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितिलाई मध्येनजर गर्दै साइवर कन्फरेन्समार्फत भएको साधारण सभाबाट भट्टराई निर्वाचित भएका हुन् ।
जिन्स यूके कार्यसमितिका सल्लाहकार सालिकराम सापकोटा र लेखनाथ गैरको संयोजकत्वमा बनेको निर्वाचन समितिले बरिष्ठ उपाध्यक्ष तिलक भट्टराईको नाम अध्यक्षका लागि प्रस्ताब गरेको थियो । उक्त प्रस्तावमा सहमति जुटेपछि भट्टराई सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।
भट्टराईको अध्यक्षतामा निर्वाचित कार्यसमितिमा उपाध्यक्षत्रय दिपक गैरे, श्याम खत्री र गणेश थापा छन् । महासचिवमा राजेन्द्र भण्डारी, कोषाध्यक्षमा राम थापा र सचिवमा रविन्द्र रानाभाट छन् ।
त्यस्तै, सदस्यहरुमा सूर्यविक्रम केसी, सन्तोष कार्की र राजेन्द्र खस निर्वाचित भएका छन् । कार्यसमिति सल्लाहकारमा शालिकराम सापकोटा, लेखनाथ गैरे, लक्ष्मण पाण्डे, बिष्णु चोङबाङ र मैना शर्मा घिमिरे छन् ।
नवनिर्वाचित अध्यक्ष भट्टराईले जेन्स यूके नेपाली संघसंस्थासँग हातेमालो गरि अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले हालको परिस्थिति परिवर्तन भएपछि कमर्सियल क्षेत्रमा अझ संसक्त ढंगले अघि बढने जनाए । जेन्स यूकेमा एकसय भन्दा बढी सदस्य छन् भने २० जना आजीवन सदस्य छन् । जेन्स यूके बेलायतमा रहेका नेपाली इन्टरपेनर्सको साझा संस्था हो । बेलायतभर इबजार तथा प्रविधिको क्षेत्रमा संस्थाले काम गरिरहेको छ ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा