लन्डन । कोरोना भाइरसका कारण अल्डरशट, फार्नबरो क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय, खासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्ने समस्यामा मद्दत गर्न स्वयम्सेवी प्रयास शुरु गरिएको छ । भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरुको बाक्लो बसोबास रहेको उक्त क्षेत्रमा बसोबास गर्ने समाजसेवीहरूले त्यस्तो अभियान शुरु गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्न ब्रिटिश सरकारले सबै जनतालाई भिडभाडमा नजान, अनावश्यक यात्रा नगर्न र सकभर घरमै बस्न सुझाव दिइरहेका बेला स्थानीय शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रसंग सम्बद्ध पदाधिकारीहरुले त्यस्तो पहल शुरु गरेका हुन् ।
संसारलाई नै त्राहि त्राहि बनाउने सरुवा रोग कोरोना भाइरसबाट बच्न र अरुलाई पनि बचाउन खासगरी वृद्ध वृद्धाहरुलाई आवश्यक मद्दत गर्ने उद्देश्यले स्वयम्सेवी अभियान शुरु गरिएको समाजसेवी बिक्रम भट्टराईले बताए । उक्त समूहले यदि कोही क्वारन्टाईनमा हुनुहुन्छ र घरमा सामानहरु सकिएको छ भने सपिङ गरेर ढोकामा राखिदिने, वहाँहरुलाई फोनबाट हुन सक्ने सरसल्लाह र सुझाव दिने र वहाँहरुलाई चाहिने साधारण औषधिहरु किनेर ढोकामा राखिदिने लगायतका सहयोग गर्ने उनले जनाए ।
समूहमा अहिलेसम्म १० जनाको नाम आइसकेको र स्वयंसेवीहरुको संख्या बढ्दै गएमा क्याम्बर्ली, फ्रिम्ली लगायतका क्षेत्रमा पनि सेवा विस्तार गरिने उनले बताए ।
अर्का स्वयंसेवी भिम बानियाले एनएचएस तथा १११ हेल्पलाइन जस्ता आधिकारिक निकायको विकल्पमा नभई आफ्नो समुदायलाई सक्दो सहयोग उपलब्ध गराउन यस्तो प्रयास शुरु गरिएको जनाए । “१११ मा फोन गर्दा आधा घण्टासम्म पनि फोन नउठ्ने समस्या देखिएको छ । त्यसैले हामीले एक अर्कालाई सक्दो सहयोग र सुझाव दिन जरुरी भएको छ,” उनले भने । समूहमा महिला स्वयंसेवीहरुको पनि सक्रिय सहभागिता रहने उनले जनाए ।
स्वयंसेवी समूहमा रहेका निम्न व्यक्तिहरुलाई सहयोगका लागि सम्पर्क गर्न सकिने पनि सो अभियानले जानकारी दिएको छ ।
बिक्रम भट्टराई ०७९१५०४६२०३
कृष्ण गुरुङ ०७८२५६६०५९४
थम विश्वकर्मा ०७८४६२३१९६०
जीव बेलबासे ०७९००९०५३७९
भिम बानिया ०७९८८७९१०८३
ए बि गुरुङ ०७८८६९९४३९०
हरि भट्टराई ०७८८६३२८७७६
(यो समाचार सामग्री कोरोना भाइरसबाट युकेस्थित नेपाली समुदायलाई सचेत तुल्याउन नेपाल पत्रकार महासंघ युके शाखाको पहलमा शुरु गरिएको अभियानअन्तर्गत तयार पारिएको हो । सं.)
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?