लन्डन । कोरोना भाइरसका कारण अल्डरशट, फार्नबरो क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय, खासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्ने समस्यामा मद्दत गर्न स्वयम्सेवी प्रयास शुरु गरिएको छ । भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरुको बाक्लो बसोबास रहेको उक्त क्षेत्रमा बसोबास गर्ने समाजसेवीहरूले त्यस्तो अभियान शुरु गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्न ब्रिटिश सरकारले सबै जनतालाई भिडभाडमा नजान, अनावश्यक यात्रा नगर्न र सकभर घरमै बस्न सुझाव दिइरहेका बेला स्थानीय शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रसंग सम्बद्ध पदाधिकारीहरुले त्यस्तो पहल शुरु गरेका हुन् ।
संसारलाई नै त्राहि त्राहि बनाउने सरुवा रोग कोरोना भाइरसबाट बच्न र अरुलाई पनि बचाउन खासगरी वृद्ध वृद्धाहरुलाई आवश्यक मद्दत गर्ने उद्देश्यले स्वयम्सेवी अभियान शुरु गरिएको समाजसेवी बिक्रम भट्टराईले बताए । उक्त समूहले यदि कोही क्वारन्टाईनमा हुनुहुन्छ र घरमा सामानहरु सकिएको छ भने सपिङ गरेर ढोकामा राखिदिने, वहाँहरुलाई फोनबाट हुन सक्ने सरसल्लाह र सुझाव दिने र वहाँहरुलाई चाहिने साधारण औषधिहरु किनेर ढोकामा राखिदिने लगायतका सहयोग गर्ने उनले जनाए ।
समूहमा अहिलेसम्म १० जनाको नाम आइसकेको र स्वयंसेवीहरुको संख्या बढ्दै गएमा क्याम्बर्ली, फ्रिम्ली लगायतका क्षेत्रमा पनि सेवा विस्तार गरिने उनले बताए ।
अर्का स्वयंसेवी भिम बानियाले एनएचएस तथा १११ हेल्पलाइन जस्ता आधिकारिक निकायको विकल्पमा नभई आफ्नो समुदायलाई सक्दो सहयोग उपलब्ध गराउन यस्तो प्रयास शुरु गरिएको जनाए । “१११ मा फोन गर्दा आधा घण्टासम्म पनि फोन नउठ्ने समस्या देखिएको छ । त्यसैले हामीले एक अर्कालाई सक्दो सहयोग र सुझाव दिन जरुरी भएको छ,” उनले भने । समूहमा महिला स्वयंसेवीहरुको पनि सक्रिय सहभागिता रहने उनले जनाए ।
स्वयंसेवी समूहमा रहेका निम्न व्यक्तिहरुलाई सहयोगका लागि सम्पर्क गर्न सकिने पनि सो अभियानले जानकारी दिएको छ ।
बिक्रम भट्टराई ०७९१५०४६२०३
कृष्ण गुरुङ ०७८२५६६०५९४
थम विश्वकर्मा ०७८४६२३१९६०
जीव बेलबासे ०७९००९०५३७९
भिम बानिया ०७९८८७९१०८३
ए बि गुरुङ ०७८८६९९४३९०
हरि भट्टराई ०७८८६३२८७७६
(यो समाचार सामग्री कोरोना भाइरसबाट युकेस्थित नेपाली समुदायलाई सचेत तुल्याउन नेपाल पत्रकार महासंघ युके शाखाको पहलमा शुरु गरिएको अभियानअन्तर्गत तयार पारिएको हो । सं.)
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा