लण्डन । नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोप (युके शाखा) ले आउँदो २१ मार्च २०२० का दिन अल्डरसटको दि प्यालेस रेष्टुरेण्टमा आयोजना गर्न लागेको ५५ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद दिवस (मार्च २१) कार्यक्रम स्थगित गरेको छ । गत १४ मार्च २०२० मा अल्डरसटमा बसेको समाजको बैठकले उक्त कार्यक्रम स्थगित गरेको हो ।
अहिले विश्वभर फैलिएको नोवल कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा उक्त कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको जनाउंदै उक्त निर्णयबाट पर्न गएको असुविधाप्रति कार्यक्रम संयोजक एवं नोप्स युरोपका उपाध्यक्ष धनबहादुर सार्कीले क्षमायाचना गरेका छन् ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमका लागि नेपालका वरिष्ठ लेखक, दलित तथा जनजाति ज्ञाता, राजनैतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती) समेतलाई बिशेष निमन्त्रणा गरी कार्यक्रमको भव्य तयारी भैरहेको अवस्थामा कार्यक्रम स्थगित गरिएको संयोजक सार्कीले जानकारी दिए ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा