लन्डन । लन्डनस्थित नेपाली दूतावास र नेप्लिज सेफ एसोसिएसन यूकेको सहकार्यमा गर्न लागिएको ‘खाना महोत्सव’ स्थगित भएको छ ।
बेलायतमा समेत कोरोना भाइरस संक्रमण फैलिने क्रम बढेपछि जनस्वास्थ्यको ख्याल गर्दै उक्त कार्यक्रम स्थगित गरिएको हो । आउंदो अप्रिल ६ तारिख सोमबार दूतावासमा महोत्सव गर्ने तयारी थियो ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरनले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । पछि नयां मिति तय गरिने दूतावासले जनाएको छ ।
महोत्सवमा बेलायतस्थित विभिन्न मुलुकका कुटनीतिज्ञ, स्थानीय मेयर, काउन्सिलरसहित करिब ५ सय जना गैरनेपाली समुदायका अतिथिहरु निम्त्याउने बताइएको थियो । बेलायतमा नेपाली ‘कुइजिन’ प्रवर्धन गर्ने महोत्सवको खास लक्ष्य हो । एसोसिएसनका प्रवक्ता राजु बोहोराले यसबाट पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै नयां मिति तय भएपछि जानकारी दिइने र कार्यक्रम विगतकै योजना अनुसार भव्य गरिने बताए ।
कोरोना भाइरसका कारण अहिले विश्व नै आतंकित छ । बेलायतमा यही भाइरसका कारण मंगलबारसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् भने ३७३ जनामा संक्रमण भएको छ ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा