लन्डन । लन्डनस्थित नेपाली दूतावास र नेप्लिज सेफ एसोसिएसन यूकेको सहकार्यमा गर्न लागिएको ‘खाना महोत्सव’ स्थगित भएको छ ।
बेलायतमा समेत कोरोना भाइरस संक्रमण फैलिने क्रम बढेपछि जनस्वास्थ्यको ख्याल गर्दै उक्त कार्यक्रम स्थगित गरिएको हो । आउंदो अप्रिल ६ तारिख सोमबार दूतावासमा महोत्सव गर्ने तयारी थियो ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरनले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । पछि नयां मिति तय गरिने दूतावासले जनाएको छ ।
महोत्सवमा बेलायतस्थित विभिन्न मुलुकका कुटनीतिज्ञ, स्थानीय मेयर, काउन्सिलरसहित करिब ५ सय जना गैरनेपाली समुदायका अतिथिहरु निम्त्याउने बताइएको थियो । बेलायतमा नेपाली ‘कुइजिन’ प्रवर्धन गर्ने महोत्सवको खास लक्ष्य हो । एसोसिएसनका प्रवक्ता राजु बोहोराले यसबाट पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै नयां मिति तय भएपछि जानकारी दिइने र कार्यक्रम विगतकै योजना अनुसार भव्य गरिने बताए ।
कोरोना भाइरसका कारण अहिले विश्व नै आतंकित छ । बेलायतमा यही भाइरसका कारण मंगलबारसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् भने ३७३ जनामा संक्रमण भएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा