लन्डन । बेलायतस्थित नेपालीले अब ग्लोवल आइएमइ बैंकमा पाउण्डमै मुद्दती खाता (फिक्सड डिपोजिट अकाउण्ट) खोल्न सक्ने भएका छन् ।
बैंकको अल्डरसटस्थित सम्पर्क कार्यालयमा कार्यरत सिनियर बिजनेश डेभलप्मेन्ट म्यानेजर अमित चालिसेले बेलायतका नेपालीलाई लक्षित गर्दै बैंकले नयां ‘स्किम’ ल्याएको जानकारी दिए ।
उक्त खाता खोले वार्षिक ४ दशमलव ५ प्रतिशत ब्याज आउने, म्याचुरिटी भएपछि बैंकमार्फत आफ्नो सावा-ब्याज फिर्ता ल्याउन सकिने, त्रैमासिक ब्याज आउने, यूकेका अरु बैंकमा भन्दा बढि ब्याज पाइने, आफूले राखेको रकमबाट नेपालमा ९० प्रतिशतसम्म ऋण लिन सकिने, मोबाइल र इन्टरनेट बैंकिग सेवा उपलब्ध हुने जस्ता फाइदा रहेको पनि चालिसेले जनाए ।
ग्लोवल आइएमइ बैंकको अल्डरसटस्थित सम्पर्क कार्यालयले विगत २ वर्षदेखि ग्राहकलाई सेवा दिइरहेको छ । उक्त कार्यालयबाट नेपालमा खाता खोल्ने देखि यस बैंकसंग सम्बन्धित अन्य सेवाबारे जानकारी लिन सकिन्छ ।
ग्लोवल आइएमइ बैंकका १९ लाख ग्राहक छन् । बैंकको अधिकृत पूंजी करिब २५ अर्ब रुपैयां र चुक्ता पूंजी १९ अर्ब रुपैयां छ । यसका नेपालमा २६६ शाखा छन् भने एटिएम संख्या २५० छ । बैंकले भारत, बेलायत र अष्ट्रेलियामा सम्पर्क कार्यालय राखेर विदेशस्थित नेपालीलाई पनि सेवा प्रदान गरेको छ ।
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?