लन्डन । कलाकार उपचार कोषका लागि बेलायतका एक समाजसेवी दम्पतिले आर्थिक सहयोग गरेका छन् । लमजुङ सुन्दरबजार नगरपालिका-९, भोटओडार स्थायी घर भइ हाल बेलायत बस्दै आएका राजशान्ति राजकुमार सुनार (राजु) र श्रीमति शान्ति सुनारको जोडीले कोषका लागि रु ५१, १२१ प्रदान गरेका हुन् ।
समाजसेवी राजकुमार एक गीतकार पनि हुन् । उनी छिट्टै बजारमा नयां गीत ल्याउने तयारीमा छन् ।
उक्त कोषका लागि ‘साहित्य, संगीत तथा कलाको उत्थान र सष्ट्रा सम्मान’ भन्ने नाराका साथ सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान पोखराले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सन्दर्भमा प्रसिद्व गीतकार सुमन श्रापितद्वारा रचनावद्व गीतको प्रस्तुति ‘सुमन श्रापित एकल सांगीतिक सांझ २०७६’ यही फागुन ३० गते शुक्रबार हुंदैछ ।
राजशान्ति सुनारको जोडीले यसअघि पनि विभिन्न कालखण्डमा आफ्नो गाउंघर र मातृभूमिलाई सहयोग गर्दै आएका छन् । धर्म, कर्म र कर्तव्यमा ठूलो विश्वास राख्ने यो जोडी भन्छन् ‘जीवनमा सकेसम्म राम्रो काम गर्ने कोशिस गर्नुहोस् । यदि कसैलाई राम्रो गर्न सकिएन भने नराम्रो कहिल्यै नगर्नुहोस् ।’
अरुको दुःख, समस्या आफ्नो सोचेर साथ दियो भने भगवानले पनि आफूलाई दुःखमा साथ दिने मान्यता राख्छन् राजकुमार । ‘कसैले दुःख वा समस्याका बेला साथ माग्यो भने खाली हात र निरास नबनाउनु होला, केवल केही दिन कोशिस गर्नुहोस्’, उनी भन्छन् ।
कसैको दुखेको आत्मालाई हंसाउन सकिए भगवान पनि खुशी हुनुहुन्छ भन्ने आफ्नो आमाबाबुको प्रेरणाबाट प्रभावित भएको उनले बताए ।
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?