लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) ले थप एक समिति निर्माण गर्ने भएको छ । शनिवार बसेको आईएस बैठकले उक्त निर्णय गरेको आइसिसि एनआरएनए प्रवक्ता डिबि क्षेत्रीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) बैठकका निर्णयहरु-
१. बैठकले कुवेतमा काम गर्दा गर्दै बालुवाले पुरिएर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । साथै गम्भिर घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ । बैठकले मृतकहरु र घाईतेहरुको उचित क्षतिपूर्ती दिलाउनका साथै मृतकका शब यथाशिघ्र नेपाल पठाउन पहल गर्न नेपाल सरकारसंग माग गरेको छ । दुर्घटनामा परि मृत्यु भएका परिवार र गम्भिर घाईते भएका नेपालीहरुको लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुले सहयोग स्वरुप जनही रु १ लाख प्रदान गर्ने निर्णय बैठकमा गरिएको छ ।
२. संघको केन्द्रिय कार्यालय रहेको बालुवाटारको घरजग्गा सम्बन्धि विवाद मिलाउन कानुनी लगायत अन्य पहल भईरहेको र विश्वभरका एनआरएनए सदस्यहरुको सहयोग तथा लगानी खेर जान नदिन आवश्यक छलफल र पहल भईरहेको जानकारी बैठकमा गराईएको थियो । यस सम्बन्धमा अध्ययन गर्न बनेको समितिलाई सकेसम्म छिटो अध्ययन प्रतिवेदन पेश गर्न बैठकले अनुरोध गरेको छ ।
३. यस कार्यकालका लागि गठन हुने विभिन्न समितिलाई १५ दिन भित्र पूर्णता दिने निर्णय बैठकले गरेको छ ।
४. गोरखा जिल्लाको भिमसेन थापा गाउंपालिका वडा नम्वर ५ बगुवामा बन्दै गरेको एकीकृत मिलन नमूना वस्तीलाई गैरआवासीय नेपाली संघले करीव ३० लाख बराबरको जस्तापाता उपलब्ध गराएकोमा नमूना वस्तीको निर्माण कार्य अघि बढ्न लागेकोमा बैठकले खुशी जाहेर गरेको छ ।
५. दोश्रो पुस्ताका एनआरएनहरुलाई नेपालसंग जोड्न र उनीहरुलाई सामाजिक तथा सांस्कृतिक रुपमा आबद्ध राखी मातृभूमीप्रति जिम्मेवारी बोध गराउन सो सम्बन्धी एउटा छुट्टै समिति बनाउने र गैरआवासीय नेपालीहरुलाई आफू बसेको मुलुकमा समेत राजनैतिक र सांस्कृतिक रुपमा सक्रिय बनाउन बैठकले एक वेग्लै समिति बनाउने निर्णय पनि गरेको छ ।
६. नेपालका दुर्गम वस्तीका छात्राहरुको शौचालय निर्माण सहयोगको लागि मार्च ८ तारिखका दिन काठमाडौंमा गर्न लागिएको च्यारिटि डिनर कार्यक्रममा सहयोग गर्न सबै एनसिसिहरुलाई बैठकले अनुरोध गरेको छ ।
७. बैठकले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाईरसबाट बच्न उच्च शतर्कता अपनाउन सबैलाई अपिल समेत गरेको छ ।
डिबि क्षेत्री
प्रवक्ता
आइसिसि एनआरएनए
मिति १ मार्च २०२०
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा