
लन्डन । एनआरएनए यूके महिला फोरमले आगामी ८ मार्चमा गर्न लागेको महिला सशक्तिकरण सम्बन्धि अन्तर्राष्ट्रिय सेमिनारको तयारी पुरा भएको छ ।
लन्डन इस्टकोटस्थित ‘भेन्यू फाइभ रेष्टुरेन्ट’ हलमा हुने उक्त सेमिनार अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गर्न लागिएको हो । सेमिनारलाई एनआरएनए यूकेले पनि पूर्ण सहयोग गर्दैछ ।
उक्त सेमिनारका लागि नेपालबाट चर्चित सञ्चारकर्मी सबिना कार्की र मध्यपूर्वबाट महिला अधिकारकर्मी डा. मिना पौडेल लन्डन आउने निश्चित भइसकेको छ ।
बेलायतस्थित विज्ञहरु डा. पुनम यादव, डा. सारा पार्कर र सिवानी घले पनि प्रमुख वक्ता तथा प्यानलिष्टमा रहने महिला विभाग प्रमुख एवं एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेलले जनाइन् ।
सेमिनारमा ‘नेपालको प्रोत्साहन र खतरारहित मर्यादा’ विषयमा डा. सारा पार्कर, ‘सामाजिक संजाल: सशक्तिकरण वा नियन्त्रणको माध्यम’ विषयमा संचारकर्मी सबिना कार्की र ‘समसामयिक नेपालमा व्यक्तित्वको सामाजिक, सांस्कृतिक निर्माण’ विषयमा डा. मिना पौडेलले प्रश्तुति दिनेछिन् । त्यस्तै प्रेरणादायी युवाको रुपमा गौरिका सिंहले सम्बोधन गर्नेछिन्।
त्यसैगरी ‘समसामयिक महिलावादबारे अन्तरपुस्ता दृष्टिकोण’ विषयक ‘प्यानल डिस्कसन’ हुनेछ । ‘प्यानल डिस्कसन’ र प्रश्नोत्तरको मध्यस्तता बिमला सेने र प्रसुना कंडेलले गर्नेछन् ।
बेलायत र नेपालमा रहेका नेपाली महिलाका समस्या पहिचान गरि समाधानको बाटो पहिल्याउन सेमिनार महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै संयोजक कंडेलले सहभागिताका लागि सबैमा अनुरोध गरेकी छन् । कार्यक्रमबाट आउने निचोडलाई प्रतिवेदनका रुपमा तयार गरि नेपालमा सम्बन्धित निकायसम्म पुरयाइने सोच रहेको प्रसुनाले बताइन् ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विगत वर्षहरुमा वर्षेनी कार्यक्रम गरिएपनि आसन्न सेमिनार जस्तो गहन मुद्दा उठाइएको थिएन ।
कार्यक्रमको रुपरेखा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?