लण्डन । बेलायतभरि छरिएर रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढिरहेको संस्था मगर संघ युकेले मगर एकता तथा ३८ औँ मगर स्थापना दिवस र १४३ औँ लखन थापा स्मृति दिवस सम्पन्न गरेको छ ।
२२ फेब्रुअरी २०२० को दिन रेडिंग रिभरमेड लेजर कमप्लेक्समा आयोजित सो समारोहमा बेलायतका बिभिन्न स्थानबाट मगरहरु सहभागी भएका थिए ।
संघका अध्यक्ष सुनिल रानाको अध्यक्षतामा भएको सो कार्यक्रमको सन्चालन महासचिव रुद्र थापाले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि पहिलो मगर महिला सांसद तथा नेपाल मगर महिला संघ तथा नेपाल आदिवासी जनजाति महिला संघकी संस्थापक अध्यक्ष बमकुमारी बुडामगर थिइन् । यसवर्षको कार्यक्रम संयोजन उपाध्यक्ष लालबहादुर पुनले गरेका थिए ।
कार्यक्रममा पूर्वी नेपालका मगरहरुको हुर्रा नाच, पाल्पा जिल्लामा नाचिने झ्याउरे नाच, तनहूँ जिल्लामा नाचिने कौरा नाच, लुम्बिनी र गण्डकी क्षेत्रमा नाचिने घाँटु, सालैजो, सोरठी र ठाडो भाका, बाग्लुङ्ग क्षेत्रमा नाचिने नचरी, म्याग्दीमा नाचिने पुर्खेउली तथा थाली र नेपालको पश्चिम राप्ती अंचलतिर नाचिने सरंगे नाच शाखाहरु र खामभाषी मगर तथा पुन मगर समुदायहरुले गरेका प्रस्तुत गरेका थिए ।
साँस्कृतिक कार्यक्रम संघका सचिव सरल राना र साँस्कृतिक सचिव सरु रानाले संचालन गरेका थिए भने मगर फेशन शो सन्चालन ट्रष्टी गोमा रानाले गरेकी थिइन् ।
मगर दिवसका बारेमा सल्लाहकार देवी आले जानकारी दिइन् भने उपाध्यक्ष छविमाया पुनले भाग्यशाली चिठ्ठा खेल सन्चालन गरेकी थिइन् । यसवर्ष महिला मगर संघ रेडिङ शाखाकी निवर्तमान अध्यक्ष भानु बुढाथोकीले पहिलो पुरस्कार एक तोला सुन जितेकी थिइन् । कार्यक्रममा नेपालबाट आएकी चर्चित कलाकार काउली बुढी तथा स्थानीय कलाकार मनसुधन थापा र बियान्का पुनले प्रस्तुति दिएका थिए ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा