लन्डन । ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्ले बनाएको बिशेष समिति महासचिवका कारण संकटमा परेको छ ।
महासचिव डा. हेमराज शर्माले ‘भिजिट नेपाल २०२०’ विशेष समिति अध्यक्ष भवन भट्टको सहमति विपरीत आफ्ना आसेपासेलाई भर्ना गरेपछि संकट उत्पन्न भएको हो ।
महासचिव शर्माले हस्तक्षेप गरेपछि आफू विशेष समितिमा बस्न नसक्ने जनाउंदै भट्टले अध्यक्ष पदमा बस्न अस्वीकार गरेको इमेल कार्यसमितिमा पठाएका छन् । उनले महासचिव शर्माको हस्तक्षेपकारी भूमिकाले पद अस्वीकार गरेको श्रोतले जनायो ।
एनआरएनए अध्यक्ष कुमार पन्तले ‘भिजिट नेपाल २०२०’ को शुभारम्भ गर्दा दशरथ रंगशालामा लाखौं विदेश पर्यटक भित्रयाउन सहयोग गर्ने आश्वासनसहितको भाषण गरेका थिए ।
नेपाल सरकारसँग सहकार्य गरि यसै बर्ष सुरु भएको ‘भिजिट नेपाल २०२०’ मा सहयोग गर्न एनआरएनए आइसीसीले भवन भट्टको नेतृत्वमा विशेष समिति बनाएको घोषणा गरेको थियो । तर, हालै समितिमा सरकारलाई पर्यटक भित्र्याउन सहयोग गर्ने भन्दा आफ्ना आसेपासेलाई भर्ना गरिएपछि भट्ट विशेष समिति अध्यक्षमा बस्न हच्केका छन् ।
नेपाल सरकारले सन् २०२० सालमा २० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । जसलाई एनआरएनएले सहकार्य गर्ने घोषणा गरेको थियो ।
विशेष समितिको संरक्षकमा पर्यटनमन्त्री योगेश भट्टराई छन् । पूर्वअध्यक्ष भट्ट अध्यक्ष रहेको विशेष समिति सल्लाहकारमा डा. गणेश गुरुङ, दीपकराज जोशी, विश्वभर घिमिरे र अर्जुनकुमार श्रेष्ठ (आइसीसी उपाध्यक्ष) छन् । विशेष समिति संरक्षकसहित ३२ सदस्य छन् ।
यसैबीच, महासचिव शर्माले आफूले त्यस्तो कुनै हस्तक्षेप नगरेको र विधानतः नै काम गरेको जनाएका छन् । ‘भट्टजी के कारणले बस्न चाहनु भएन त्यो उहांकै इच्छा भयो तर मैले विधान बाहिर गएर कुनै काम गरेको छैन्’- उनले बताए ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा