लन्डन । ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्ले बनाएको बिशेष समिति महासचिवका कारण संकटमा परेको छ ।
महासचिव डा. हेमराज शर्माले ‘भिजिट नेपाल २०२०’ विशेष समिति अध्यक्ष भवन भट्टको सहमति विपरीत आफ्ना आसेपासेलाई भर्ना गरेपछि संकट उत्पन्न भएको हो ।
महासचिव शर्माले हस्तक्षेप गरेपछि आफू विशेष समितिमा बस्न नसक्ने जनाउंदै भट्टले अध्यक्ष पदमा बस्न अस्वीकार गरेको इमेल कार्यसमितिमा पठाएका छन् । उनले महासचिव शर्माको हस्तक्षेपकारी भूमिकाले पद अस्वीकार गरेको श्रोतले जनायो ।
एनआरएनए अध्यक्ष कुमार पन्तले ‘भिजिट नेपाल २०२०’ को शुभारम्भ गर्दा दशरथ रंगशालामा लाखौं विदेश पर्यटक भित्रयाउन सहयोग गर्ने आश्वासनसहितको भाषण गरेका थिए ।
नेपाल सरकारसँग सहकार्य गरि यसै बर्ष सुरु भएको ‘भिजिट नेपाल २०२०’ मा सहयोग गर्न एनआरएनए आइसीसीले भवन भट्टको नेतृत्वमा विशेष समिति बनाएको घोषणा गरेको थियो । तर, हालै समितिमा सरकारलाई पर्यटक भित्र्याउन सहयोग गर्ने भन्दा आफ्ना आसेपासेलाई भर्ना गरिएपछि भट्ट विशेष समिति अध्यक्षमा बस्न हच्केका छन् ।
नेपाल सरकारले सन् २०२० सालमा २० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । जसलाई एनआरएनएले सहकार्य गर्ने घोषणा गरेको थियो ।
विशेष समितिको संरक्षकमा पर्यटनमन्त्री योगेश भट्टराई छन् । पूर्वअध्यक्ष भट्ट अध्यक्ष रहेको विशेष समिति सल्लाहकारमा डा. गणेश गुरुङ, दीपकराज जोशी, विश्वभर घिमिरे र अर्जुनकुमार श्रेष्ठ (आइसीसी उपाध्यक्ष) छन् । विशेष समिति संरक्षकसहित ३२ सदस्य छन् ।
यसैबीच, महासचिव शर्माले आफूले त्यस्तो कुनै हस्तक्षेप नगरेको र विधानतः नै काम गरेको जनाएका छन् । ‘भट्टजी के कारणले बस्न चाहनु भएन त्यो उहांकै इच्छा भयो तर मैले विधान बाहिर गएर कुनै काम गरेको छैन्’- उनले बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा