लण्डन । आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युकेले नेपाल सरकारले औपचारिक रुपमा ब्रिटिश राजदूतावासलाई पत्र पठाएसंगै आफना सबै कार्यक्रम स्थगित गरिएको जनाएको छ । सत्याग्रहका अभियानकर्ता ज्ञानराज राईले सरकारको पत्रले आफूहरु सकारात्मक रहेको प्रतिकृया दिए ।
उनले अव बेलायती सरकार भाग्न नसक्ने भन्दै आफना मागहरुप्रति उचित सम्बोधन नगरे आन्दोलन जारी राख्ने जनाए । उनले सरकारलाई केही समय दिन आफनो आन्दोलन स्थगित गरेको स्पष्ट गराए ।
संयुक्त कार्यदलले तयार पारेको १३ बुँदे माग पुरा गराउन गोर्खा सत्याग्रहले चरणबद्ध आन्दोलन गर्दै आएको थियो । समितिले नेपाल सरकारलाई औपचारिक पत्र लेख्न दवाव दिंदै १४ मार्चसम्म अल्टिमेटम दिएको थियो ।
तर नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले यसको दुई दिन अघि नै बेलायत सरकारलाई औपचारिक पत्र पठाएको थियो ।
केही दिन अघि परराष्ट्र मन्त्रालयले काठमाण्डूस्थित ब्रिटिश राजदूतावासलाई नेपालले त्रिपक्षीय सन्धिको पुनरावलोकन र अवकाशप्राप्त गोर्खाका गुनासाहरूबारे वार्ताका लागि प्रस्ताव गरेको थियो।
सन् १९४७ मा भएको उक्त सन्धिपश्चात् नेपालले यसप्रकारको औपचारिक पत्र पठाएको यो नै पहिलो पटक भएको बताइएको छ ।
भूतपूर्व गोर्खा र कतिपय राजनीतिक दलका नेताहरूले पनि पटकपटक उक्त सन्धिको पुनरावलोकन हुनुपर्ने माग गर्दै आएका थिए ।
पत्रमा सन् २००७ देखि ब्रिटिश सेनामा कार्यरत नेपाली नागरिकहरूलाई समान तलब र पेन्सन उपलब्ध गराउन थालेकोमा नेपाल सरकारले ब्रिटिश सरकारलाई धन्यवाद दिएको छ । तर अझै पनि भूतपूर्व गोर्खासँग सम्बन्धित ‘कतिपय जायज मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको’ त्यसमा उल्लेख छ।
ती मुद्दाहरूलाई ब्रिटिश पक्षबाट समानता, न्याय र निष्पक्ष सम्बोधनको आवश्यकता रहेको पत्रमा लेखिएको छ ।
भिडियो अन्तरर्वार्तामा गोर्खा अभियन्ता ज्ञानराज राई-
https://youtu.be/u0ZrrbgC6Ms
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन