काठमाण्डौं । पब्लिकेसन नेपालयले २०२० देखि प्रकाशनको कार्यकारी जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ । प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुबै क्षेत्रलाई अब दुईजना सक्षम महिलाहरूले सम्हाल्ने भएका छन् । नेपालयका अनुसार व्यवस्थापनको नेतृत्व सैजन मास्के र प्रकाशनको नेतृत्व भूषिता वशिष्ठले सम्हाल्ने छन् ।
लामो समयदेखि नेपालयसँग सम्बन्धित सैजन मास्के बजार व्यवस्थापनको विद्यार्थी हुन् । अँग्रेजी साहित्यको अध्ययन गरेकी भूषिता भने सृजनशील लेखकका साथै उत्सुक पाठक पनि हुन् ।
पब्लिकेसन नेपालयको यो नयाँ टीम अब २०२० का निम्ति ताजा प्रकाशन तालिका सहित कृतिहरू प्रकाशन गर्ने काममा जुटेको छ ।
‘हाम्रो नयाँ टीमले पब्लिकेसन नेपालयका प्रकाशोन्मूख कृतिहरूमा मात्र होइन नेपाली प्रकाशन उद्योगमै ताजापन र जाँगर थप्छ भन्ने विश्वास लिएको छु’- नेपालयका संस्थापक किरणकृष्ण श्रेष्ठ भन्छन् ।
आफ्नो प्रकाशकीय भूमिकाबारे प्रकाश पार्दै भूषिता भन्छिन्, ‘लामो समयसम्म महिलाका कथा भन्ने शैलीलाई कथित साहित्यिक दर्जा दिइएको थिएन । फगत शैलीका कारण, महिला लगायत अन्य लोकभाषी लेखनलाई नेपाली साहित्यले सिमान्तकृत गरेको थियो । वाक स्वतन्त्रता लोकतन्त्रको गरिमा हो । अर्कोतर्फ, वैचारिक विविधता लोकतन्त्रको अधार हो । आफ्नो संकीर्ण पूर्वाग्रहभन्दा माथि उठेर अरुको पीडा बुझ्न सक्ने नागरिकले मात्रै लोकतन्त्रको मर्मलाई जीवित राख्न सक्छन् । यिनै कुरा मनन गर्दै यो वर्षदेखि नेपालयले सकेसम्म बढी महिला तथा अन्य सिमान्तकृत समुदायका अलिखित कथा तथा नौला साहित्यिक शैलीका पुस्तकलाई बिशेष स्थान दिने छ ।’
पब्लिकेसन नेपालयको व्यवस्थापनको बारे प्रकाश पार्दै सिइओ सैजन मास्के भन्छिन्, ‘आजसम्म हामीले ४५ वटा कृतिहरू प्रकाशित गरिसकेका छौं । यो वर्ष हामी प्रकाशनको थप रणनीति तय गर्नेछौं जसमा महिला सर्जकहरूको अहम भूमिका रहने छ ।’ उनी थप प्रष्ट्याउँछिन्, ‘नेपालयमा हामी लामो समयसम्म प्रभावमा रहने कृतिहरूको खोजीमा हुन्छौं । अब पनि हाम्रो ध्यान निरन्तर त्यतैतिर केन्द्रीत रहनेछ ।’
‘नेपाली प्रकाशन उद्योगको क्रियाशील प्रकाशक मध्ये एक भएको नाताले यो उद्योगमा नयाँ स्फूर्ति थप्दै जानु हाम्रो जिम्मेवारी हो । हामीले सन् २००५ मा प्रकाशित गरेको पहिलो पुस्तक ‘पल्पसा क्याफे’ देखि नेपाली प्रकाशन उद्योगमा योगदान पुर्याउने कोशिस कायम राख्दै आएका छौँ’- नेपालयका संस्थापक किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘हाम्रो प्रकाशनको नयाँ नेतृत्वले यस उद्योग र नेपाली पाठकका निम्ति थप महत्वपूर्ण योगदान गर्ने कुरामा म बिश्वस्त छु ।’
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा