लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले एक सय दिनको हनिमुन अवधि सकिंदा पनि गति लिन सकेको छैन् । गत २९ सेप्टेम्बर २०१९ मा शपथ ग्रहण गरेको एनआरएनए यूकेले अहिलेसम्म कुनै ठोस कार्यक्रम अघि सार्न सकेन । पहिलो पटक एनआरएनए यूके नेतृत्वमा महिला नेतृ पुनम गुरुङ आएपछि उनले ठोस कार्यक्रम अघि सार्ने अपेक्षा गरिएको थियो ।
विगत कार्यसमितिले एनआरएनए यूकेलाई बेलायतभर नेपाली समुदायमा पुरयाएर जुन उभार ल्याए, अहिले नेतृत्वले त्यस उभारलाई समात्न नसक्दा समुदायमा संस्थाको साख गिर्दो छ । अध्यक्ष गुरुङको हातमा नेतृत्व आएपछि सबैलाई मिलाएर लैजाने अभिभावकत्वको भूमिका खेल्न नसक्नाले संस्था नै धरासायी बन्दै गएको अनुभव समुदायमाझ गर्न थालिएको छ ।
गुरुङले नेतृत्व हातमा लिएपछि अभिभावकत्व भूमिका निर्वाह गर्दै निर्वाचन अघि विभाजित समुदायलाई एकताबद्ध गराउनु पर्ने थियो । कार्यसमितिमा रहेका साथीहरुवीच व्यापक छलफल गरि सबैको साझा एनआरएनए यूके हो भन्ने भावना बढाउदै लग्नु पर्ने थियो । तर, त्यो भावना विपरित आफूलाई निर्वाचनमा सहयोग गरेकालाई पुरस्कृत गर्ने, मनोनयनमा एकलौटी गर्ने, प्रजातान्त्रिक तवरले विरोध गर्नेलाई दुश्मन जस्तो व्यवहार गरि निषेध गरेर अघि बढने र फरक विचार राख्नेलाई स्थान नदिने गर्दा एनआरएनए यूकेप्रति नेपाली समुदायमा आकर्षण घटने प्राय निश्चित छ ।
एनआरएनए यूकेलाई संघीय संरचनामा लगेपछि संघीय राज्य परिषद्लाई बलियो बनाउनुको सट्टा एनआरएनए यूकेका विभाग नै पिच्छे कमिटी र सल्लाहकार बनाउनुलाई पदको भोकालाई भर्ती केन्द्र खोले जस्तो भान हुन थालेको छ । मानौं यतिवेला एनआरएनएले समाजसेवीको लागि भर्ना खोलेको छ । त्यो भर्नामा आफू छुट्ने हो कि भन्दै लोभी पापी निवेदन हालिरहेका छन् ।
त्यहाँ निदेवन हाल्नेमा सर्वसाधारणदेखि व्यापारी हुदै पढेलेखेकासम्म छन् । त्यो भर्ती केन्द्रमा नियुक्ति दिलाई दिन्छु भन्दै समाजमा ‘नैतिकहीन’ केही ब्यक्ति दौडिरहेका छन् । समाजमा मिलेर बसेको देख्न नसक्ने चल्तीका सामाजसेवी पद बांडेको भ्रम छरिरहेका छन् । भर्नाका लागि दौडिरहेका भन्दा पनि पैसा भएका उनीहरुको पहिलो प्राथमिकतामा छन् ।
पाउण्ड कमाएर पनि नेपाली समुदायमा राम्रो परिचय नपाएका व्यक्तिहरुलाई ति चल्तीका समाजसेवी दिनरात फकाउन व्यस्त छन् । त्यसबाहेक यहाँबाट डिग्री लिएका पनि उनको दोस्रो लिस्टमा छन् । एनआरएनए यूकेका कार्यक्रममा चन्दा दिन सक्ने र पढे लेखेका राख्नुपर्ने सुझाब लिएर दैनिक शक्ति केन्द्रसँग हाजिरी जनाई लम्पसार परिरहेका छन् ।
एनआरएनएमा कुनै पदमा चूनावी मैदान भन्दा उत्रिन नसक्ने र टिका थाप्न अघि सर्नेले एनआरएनए यूके अध्यक्ष गुरुङलाई प्रभावमा पार्दा एनआरएनए यूके विमारी भएको अभियन्ता बताउँछन् ।
एनआरएनए यूके आर्थिक अपचलन र खादा मालाका लागि मानिस एनआरएनएमा लागेको चौतर्फी आरोपलाई खण्डन गर्नुपर्नेमा एनआरएनए यूके नेतृ किन मौन छिन् प्रश्न उठन थालेको छ । समाजसेवालाई प्रयोग गरेर सधैं पैसाका लागि समाजसेवामा लाग्ने ति चल्तीका सामाजसेवीको विगत हेर्ने हो भने सत्ता, शक्ति र पैसाका लागि लागेको इतिहास साक्षी छ ।
समाजका सबै खाले मानिसहरु समाजसेवामा लागेका छन् । त्यो मध्ये राम्रो छान्ने काम नेतृत्वको हो । यसमा नेतृत्वकर्ता गुरुङ चुकिन भने दुई बर्षपछि उनलाई बत्ति बालेर खोज्नुपर्ने अवस्था आउँछ ।
हामी धेरै टाढा जानु पर्दैन् । विगत एनआरएनए यूके पूर्व अध्यक्षहरु को कति समाजसेवामा सकृय छन् भनेर खोज्ने हो भने सजिलै जवाफ पाइन्छ । एकातिर, अध्यक्ष गुरुङले अभिभावत्व ग्रहण गरेर सबैको हुने कि दुई चारजना चल्तीका समाजसेवीको घेरा भित्रै बसेर दुई बर्षपछि आफ्नो व्यवसायमै फर्किने त्यो उनकै हातमा छ ।
अर्कोतर्फ, अध्यक्ष गुरुङ दुई बर्षमा संस्था छाडेर हिंडछिन् । त्यसपछि नेतृत्वमा आउने ब्यक्तिले एनआरएनएप्रति नेपाली समुदायसँग घुलमिल गराउन पूर्व अध्यक्ष फगामी जस्तै दौडधुप गर्न पर्ने अवस्था आउन सक्छ । त्यसैले आगामी नेतृत्व दावी गर्ने मध्येका कसैले अभिभावक बन्न कोशिस गर्नुपर्छ ।
खादा र मालामै सीमित
निर्वाचनको घोषणा सभादेखि निर्वाचन समितिलाई खादा लगाएर स्वागत गरेको समाचार आँफैमा लाजमर्दो छ । निर्वाचन समिति भनेको सबैको हुन्छ । त्यो पक्ष वा विपक्ष हुंदैन । निर्वाचनमा विजयी हुनेले समितिलाई खादा लगाउनु कत्तिको जायज छ ? सेनामा राम्रो काम गरे वापत एमबीइ पदवी पाएका तत्कालिन प्रमुख निर्वाचन आयुक्त डमर घले र नेपाल प्रहरीमा महत्वपूर्ण पदबाट रिटायर्ड भएका सह-आयुक्त शिवजी श्रेष्ठलाई निर्वाचन समितिले के गर्नु हुन्छ वा हुंदैन भन्ने पक्कै थाहा छ । तर, के गर्नु लोभले निर्वाचन समितिका महत्वपूर्ण पद ओगटेका व्यक्तिलाई पनि खादाले झुकाएरै छाड्यो । यो प्रकरणले उनीहरुको भूमिकालाई पनि शंकाको घेरामा ल्याएको छ । आगामी दिनमा नेपाली समुदायले कस्तो सम्मान गर्ला थाहा पाउन केही समय पर्खनु पर्ला ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण