
लन्डन । युरोपको आकर्षक पर्यटकीय गन्तव्य माल्टामा ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ गरिएको छ । बेलायत तथा माल्टाका लागि नेपाली
राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
नेपाली दूतावास लन्डनको आयोजना र गैरआवासीय नेपाली संघ माल्टा, नेपाल टुरिजम बोर्ड, स्थानीय नेपाली संघसंस्थाको समन्वयमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक उद्घाटन गरियो ।
कार्यक्रममा सहभागी हुन राजदूत डा. सुवेदी, दूतावासका द्वितिय सचिव लव सुवेदी त्यहां पुगेका थिए । त्यस्तै नेपाल भ्रमण वर्षको उद्घाटन समारोहमा स्थानीय मेयर, काउन्सिलर तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरुको समेत उल्लेखनीय उपस्थिति थियो ।
राजदूत सुवेदीले माल्टावासीहरुलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै आफू काम गर्ने प्रत्यक ठाउंबाट कम्तिमा एकजना साथी नेपाल जान प्रेरित गर्न आग्रह गरे । माल्टामा सम्पन्न यस कार्यक्रमले पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने गैरआवासीय नेपाली संघ केन्द्रिय सल्लाहकार तथा एनआरएनए आइसीसी ‘भिजिट नेपाल २०२० विशेष टाक्सफोर्स’ का अन्तर्राष्ट्रिय मोडरेटर सोम सापकोटाले बताए ।
माल्टास्थित मजाइडाकी मेयर मार्गरेट बाल्डाचिनो सिफाइले ‘होलिडे’ का लागि नेपाल उपयुक्त गन्तव्य भएको जनाउंदै सबैलाई नेपाल भ्रमण गर्न अनुरोध गरिन् ।
सो अवसरमा माल्टाबाट सगरमाथा आरोहण गर्ने तारमोनाले सगरमाथा चढ्दाको अनुभव बताएका थिए ।
माल्टामा प्रचार प्रसार तीव्र तुल्याउन स्थानीय यातायातका साधनहरुमा विश्वकै अग्लो शिखर सगरमाथाको तस्विर, शान्तिका प्रतिक बुद्धको प्रतिमा लगायत विभिन्न पोष्टरहरु राखिएको छ ।
उता, नेपाली दूतावासको टोलीले माल्टा लगायत विभिन्न देशका कुटनीतिक नियोग प्रमुखसंग पनि भेटघाट गरेको थियो । भेटमा विदेशी पाहुनालाई ’टोकन अफ लभ’ प्रदान गरि नेपाली दूतावास लन्डनका तर्फबाट ‘भिजिट नेपाल २०२०’ को लोगो अंकित टोपी वितरण समेत गरियो ।
नेपाल सरकारको २० लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्य सफल बनाउन विदेशमा समेत ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान तीव्र भइरहेको छ ।
तस्बिरहरु- रहरमान तामाङ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी