
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्व अध्यक्ष सूर्य गुरुङले आफ्नो रेष्टुरेन्टको १६ औँ वर्षगाँठका अवसरमा कास्कीको ल्वाङघलेल स्कुलको पुस्तकालयका लागि ५ लाख सहयोग उठाएका छन् ।
फार्नब्रोमा गोरखा प्यालेस रेष्टुरेन्ट सञ्चालन गर्दै आएका गुरुङले रेष्टुरेन्टको वार्षिकोत्सवका अवसरमा हरेक वर्ष च्यारिटेवल काम गर्दै आएका छन् ।
यसवर्ष फेब्रुअरी २ तारिखमा रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा करिब १०० बेलायती ग्राहकहरु सहभागी थिए ।
सो अवसरमा वर्षमा सबैभन्दा धेरै पटक रेष्टुरेन्ट आउने र धेरै खर्च गर्ने ग्राहकहरुलाई रसमुर बोरो काउन्सिलका उपमेयरले उपहार प्रदान गरेका थिए ।
कार्यक्रममा लालीगुराँस ब्याण्डले लाइभ नेपाली गीत संगीत प्रस्तुत गरेको थियो ।
कार्यक्रममा राफल ड्र, बिंगो र लिलाम बढाबढ गरी सो रकम संकलन गरिएको हो ।
सो रकमबाट ल्वाङघलेल स्कुलमा हेल्पनेपाल नेटवर्कले पुस्तकालय बनाउने योजना छ ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
विचार : सहजताको मूल्य र गोपनीयता