
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्व अध्यक्ष सूर्य गुरुङले आफ्नो रेष्टुरेन्टको १६ औँ वर्षगाँठका अवसरमा कास्कीको ल्वाङघलेल स्कुलको पुस्तकालयका लागि ५ लाख सहयोग उठाएका छन् ।
फार्नब्रोमा गोरखा प्यालेस रेष्टुरेन्ट सञ्चालन गर्दै आएका गुरुङले रेष्टुरेन्टको वार्षिकोत्सवका अवसरमा हरेक वर्ष च्यारिटेवल काम गर्दै आएका छन् ।
यसवर्ष फेब्रुअरी २ तारिखमा रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा करिब १०० बेलायती ग्राहकहरु सहभागी थिए ।
सो अवसरमा वर्षमा सबैभन्दा धेरै पटक रेष्टुरेन्ट आउने र धेरै खर्च गर्ने ग्राहकहरुलाई रसमुर बोरो काउन्सिलका उपमेयरले उपहार प्रदान गरेका थिए ।
कार्यक्रममा लालीगुराँस ब्याण्डले लाइभ नेपाली गीत संगीत प्रस्तुत गरेको थियो ।
कार्यक्रममा राफल ड्र, बिंगो र लिलाम बढाबढ गरी सो रकम संकलन गरिएको हो ।
सो रकमबाट ल्वाङघलेल स्कुलमा हेल्पनेपाल नेटवर्कले पुस्तकालय बनाउने योजना छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य