लिस्बन । नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपको तेश्रो महाधिवेशन आइतबार पोर्तुगलको लिस्बनमा सम्पन्न भएको छ । महाअधिवेशनले अर्जुन सुनारको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा युकेका धनबहादुर सार्की र नेदरल्यान्डसका उदय नेपाली, महासचिवमा बेल्जियमका तेजबहादुर नेपाली, सचिवद्वयमा बेलायतका ललित परियार र पोर्तुगलका दुर्गालाल विक, कोषाध्यक्षमा बेल्जियमका निर्मला परियार र सहकोषाध्यक्षमा पोर्तुगलका श्याम परियार छन् ।
समितिका सदस्यहरुमा पोर्तुगलका मनिराम नेपाली, स्पेनका गमबहादुर विक, ग्रीसका टीकाराम विक, बेल्जियमका कृष्ण सुनार, पोल्यान्डका भीम परियार, अष्ट्रियाका प्रेम विश्वकर्मा, नेदरल्यान्डसका कमल रसाइली र बेलायतका दलबहादुर नेपाली रहेका छन् ।
त्यसैगरी पोल्यान्डका सुसान परियार, बेल्जियमका चित्रबहादुर विक, पोर्तुगलका स्नेहा परियार र लक्ष्मी परियार, फाईनलयान्डका पशुपति नेपाली, डेनमार्कका भरत नेपाली, नर्वेका प्रेमलाल परियार र पोर्तुगलका प्रकाश गजमेर पनि सदस्यमा चयन भएका छन् ।
अधिवेशनले दुई वरिष्ठ सल्लाहकार र चारजना सल्लाहकारको पनि टुंगो लगाएको छ । वरिष्ठ सल्लाहकारमा बेल्जियमका योगेन्द्र बिक र पोर्तुगलका पूर्ण बिक चयन भएका छन् भने सल्लाहकारहरुमा जर्मनीका रनबहादुर बिक, नर्वेका मिन परियार र प्रेम परियार र अष्ट्रियाका रामबहादुर बिक चयन भएका छन् ।
यसअघि कार्यक्रमका वक्ताहरुले उत्पीडितहरुलाई राज्यको मूल प्रवाहमा ल्याउन शासकहरुले नचाहेको दुःखेसो पोखेका छन् । सहभागीहरुले दलित, गरिब र बोक्साबोक्सीको नाममा गरिने कुसंस्कारको अन्त्य गर्न युरोपबाट पनि सक्दो सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
उद्घाटन सत्रमा लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरे, नोप्सका अर्जुन सुनार, रामबहादुर बिक, योगेन्द्र बिक, दिल नेपाली, जनसम्पर्क समितिका अध्यक्ष बिनोद घिमिरे, प्रवासी नेपाली एकता मञ्चका राजकुमार थापा, नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगल अध्यक्ष हेम गुरुङ, नेपाली समाजका अध्यक्ष सोम शेर्पा, जनप्रगतिशील मोर्चाका अध्यक्ष पूर्ण बिक, पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, परियार महिला समाजकी अध्यक्ष लक्ष्मी परियारलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा तेक्वान्दोका प्रशिक्षक स्नेहा परियार र ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । नोप्स युरोप अध्यक्ष हरिश्चन्द्र नेपालीको अध्यक्षतामा सचिव ललित परियारले सञ्चालन गरेको कार्यक्रममा धनबहादुर सार्कीले स्वागत मन्तव्य राखेका थिए ।
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा