
स्पेन । बागलुङ समाज स्पेनले चैते दशैंको अवसर पारेर वार्सिलोनामा विशेष कार्यक्रम गर्ने भएको छ । सोमबार बसेको समाजको बैठकले मार्च अन्तिम हप्ता उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त कार्यक्रम भब्य बनाउन संस्थाका उपाध्यक्ष हिरालाल सापकोटाको संयोजकत्वमा एक उपसमिति गठन गरिएको संस्थाका अध्यक्ष राजु थापाले जानकारी दिए । बागलुङ र चैते दशैं मेला एक अर्काको परिपुरक भएकोले त्यसैको झल्को मेटाउन यहाँ पनि कार्यक्रम गर्न लागिएको जानकारी संस्थाका वरिष्ठ उपाध्यक्ष दिपक छेत्रीले जनाए ।
समाजका सचिब अरुण अनामी घिमिरेले कार्यक्रममा सहभागी हुन स्पेनमा रहेका सम्पूर्ण संघसंस्थालाई निमन्त्रणा गर्दै त्यस दिन अन्य कार्यक्रम नजुधाई दिन आग्रह गरेका छन् । –भोला लामिछाने
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]