
टोकियो । जापानमा क्रियाशिल बलेवा सेवा समाजको अध्यक्षमा राज पौडेल चयन भएका छन् ।
अंग्रेजी नयाँ वर्षको अवसरमा सम्पन्न समाजको पाँचौ साधारणसभाले पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा विकास केसी, उपाध्यक्षमा शेषकान्त रिजाल, महासचिवमा टिकाराम रिजाल बिमल, सचिवमा अर्जुन लामिछाने, कोषाध्यक्षमा एलपी शर्मा र सह कोषाध्यक्षमा दिपेन्द्र गिरी चयन भए । सदस्यमा गोविन्द्र पौडेल, हरि रेग्मी, सन्तोष सापकोटा, महेन्द्र ढकाल, भिम केसी, भक्त हमाल, प्रताप हमाल, कृष्ण शर्मा समिर, दिपेन्द्र रिजाल, अर्जुनप्रताप सिंह केसी छन् ।
साधारणसभाले रामु चापाई र बलराम भट्टलाई सल्लाहकार एवं महेन्द्र पिसी, शर्मेन्द्र पौडैल सेवक र राजु केसीलाई संरक्षकमा चयन गरेको छ ।
साधारणसभाले महासचिव विमल रिजालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विकास केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
कार्यक्रममा चर्चित लोक दोहोरी गायक सूर्य खड्का, सोना केसी र निर्मल क्षेत्रीले आफ्नो सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिए ।
कार्यक्रममा संरक्षक राजु केसी र महेन्द्र पिसीले पनि मन्तव्य व्यक्त गरेका थिए । महासचिव विमल रिजालले सश्चालन गरेको कार्यक्रम समाजका अध्यक्ष शर्मेन्द्र पौडेल सेवकको अध्यक्षतामा भएको थियो । प्रवक्ता अर्जुन लामिछानेले स्वागत मन्तव्य दिएका थिए ।
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप