लिस्बन, पोर्चुगल । पोर्चुगल राजधानी लिस्बनमा एक विशेष कार्यक्रमबीच नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ गरिएको छ । राजधानी लिस्बनको ब्यस्त पर्यटकीयस्थल रोसियो स्क्वायरमा बुधबार कार्यक्रम भएको हो ।
राष्ट्रिय झण्डा, भ्रमण वर्षको प्ले कार्ड र ब्यानर बोकेर भेला भएका सयौं नेपालीले राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु गाउंदै नेपालको कला-संस्कृति, प्राकृतिक सौन्दर्यता र बुद्धको जन्मस्थल लुम्बिनीबारे प्रचारप्रसार गरेको कार्यक्रम संयोजक पत्रकार राजकुमार थापाले बताए ।
जनवरी १ तारिख अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस समेत परेको अवसरमा आ-आफ्नो शीरमा टोपी सजाएर भेला भएका महिला, पुरुष र बालबालिकाको सहभागिताले भ्रमण वर्ष प्रारम्भलाई अझ विशेष बनाएको थियो ।
कलाकारहरुले नेपाली मौलिक बाजा मादल, मुरली, बांसुरी बजाउंदै राष्ट्रिय गीतहरु गाउंदा कयौं विदेशीहरुले चासो दिएर नेपालबारे जानकारी लिएका थिए ।
भ्रमण वर्ष प्रारम्भ सभामा नेपाली पर्यटनदूत रमेशकुमार गुरुङले नेपाल भ्रमण वर्षको महत्व र उद्देश्यबारे बताउंदै नेपाल भ्रमण गर्न आव्हान गरेका थिए । एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले पोर्चुगलका गैर आवासीय नेपालीहरुले नेपाल भ्रमण वर्ष सफल बनाउन हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको संयोजन र सञ्चालन गरेका पत्रकार राजकुमार थापाले भम्रण वर्ष र टोपी दिवसका विविध आयामबारे प्रकाश पारेका थिए ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी