काठमाडौं- कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको करिब डेढ वर्ष बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । घट्नाले प्रहरी अनुसन्धानलाई समेत आशंकाको घेरामा राखेको छ । देश विदेशबाट अपराधी पत्ता लगाउन माग गरिएको गरियै छ ।
यसै घटनालाई आधार बनाएर गायिका अञ्जु गौतमले ‘आमाको पीडा’ नामक गन्धर्व गीत बजारमा ल्याएकी छिन् । गीतमा आफ्नै टोल छिमेकमा चेलीहरु हिँड्न डराउनुपर्ने अवस्था र छोरीको आत्मा शान्तिको लागि न्याय खोज्दै हिँडेकी निर्मलाकी आमाको व्यथा प्रस्तुत गरिएको छ ।
उक्त गीतमा स्वर अञ्जु गौतम, अभिनय दिपक शर्मा तथा अञ्जु गौतमको रहेको छ भने निर्देशन पनि दीपक शर्माकै छ । अञ्जु गौतमको अफिसियल युटुव च्यानलमार्फत आइतबार सार्वजनिक भएको गीतको सम्पादन ताराकान्त बिकले गरेका छन् । छायाङ्कन राहुल राईको छ ।
भिडियो-
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता