लन्डन – बेलायतस्थित एक सफल व्यवसायी तथा गैर आवासीय नेपाली संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्यले दक्षिण पश्चिम लन्डनको पटनीमा आफ्नो नयां रेस्टुराँ संचालनमा ल्याएका छन् ।
बेलायतमा होली काउ समूहको यो नवौं तथा सिट इन रेस्टुराँ भने पहिलो हो । यस अघि संचालनमा रहेका अरु सबै ‘टेक अवे’ हुन् ।
सोमबार बेलुका बीबीसीका भूतपूर्व कार्यक्रम प्रस्तोता तथा सेलीब्रिटी सेफ एन्स्ले ह्यारियटले उक्त रेस्टुराँको उद्घाटन गरे ।
सो अवसरमा बोल्दै ह्यारियटले गएको झन्डै २० वर्ष देखि आफूले आचार्यलाई चिनेको बताए । उनले खास गरी नयां पुस्ताले कडा मेहनत र लक्षप्रति समर्पित भएमा कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा आचार्यबाट सिक्नुपर्ने बताए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै होली काउ समूहका निर्देशक कुल आचार्यले २० वर्ष पहिले बेलायत आएपछि आफूले किचन पोर्टर, तन्दुरी सेफ, सेफ हुंदै २००६ मा ‘होली काउ’ नाम राखी पहिलो टेक अवे खोलेको सम्झना गरे ।
आचार्यले आफ्ना सबै ग्राहक, सप्लायर, सहयोगीहरु, स्टाफ तथा परिवारजनलाई पनि धन्यवाद दिए । उनले आउंदो वर्ष नेपाल सरकारले ‘भिजिट नेपाल इएर २०२०’ मनाउन लागेको बताउँदै सबै ब्रिटिश मित्रहरुलाई नेपालको भ्रमण गर्न आग्रह पनि गरे ।
कार्यक्रममा स्थानीय ब्रिटिश समुदायका प्रतिनिधिहरु, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रमको शुरुमा आचार्यकी सुपुत्री कृतिका आचार्यले नृत्य प्रश्तुत गरेकी थिइन् । कार्यक्रम संचालन होली काउ समूहकी पायल मिश्रले गरेकी थिइन् ।
तस्विर- शंकर श्रेष्ठ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?