लन्डन – बेलायतस्थित एक सफल व्यवसायी तथा गैर आवासीय नेपाली संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्यले दक्षिण पश्चिम लन्डनको पटनीमा आफ्नो नयां रेस्टुराँ संचालनमा ल्याएका छन् ।
बेलायतमा होली काउ समूहको यो नवौं तथा सिट इन रेस्टुराँ भने पहिलो हो । यस अघि संचालनमा रहेका अरु सबै ‘टेक अवे’ हुन् ।
सोमबार बेलुका बीबीसीका भूतपूर्व कार्यक्रम प्रस्तोता तथा सेलीब्रिटी सेफ एन्स्ले ह्यारियटले उक्त रेस्टुराँको उद्घाटन गरे ।
सो अवसरमा बोल्दै ह्यारियटले गएको झन्डै २० वर्ष देखि आफूले आचार्यलाई चिनेको बताए । उनले खास गरी नयां पुस्ताले कडा मेहनत र लक्षप्रति समर्पित भएमा कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा आचार्यबाट सिक्नुपर्ने बताए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै होली काउ समूहका निर्देशक कुल आचार्यले २० वर्ष पहिले बेलायत आएपछि आफूले किचन पोर्टर, तन्दुरी सेफ, सेफ हुंदै २००६ मा ‘होली काउ’ नाम राखी पहिलो टेक अवे खोलेको सम्झना गरे ।
आचार्यले आफ्ना सबै ग्राहक, सप्लायर, सहयोगीहरु, स्टाफ तथा परिवारजनलाई पनि धन्यवाद दिए । उनले आउंदो वर्ष नेपाल सरकारले ‘भिजिट नेपाल इएर २०२०’ मनाउन लागेको बताउँदै सबै ब्रिटिश मित्रहरुलाई नेपालको भ्रमण गर्न आग्रह पनि गरे ।
कार्यक्रममा स्थानीय ब्रिटिश समुदायका प्रतिनिधिहरु, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रमको शुरुमा आचार्यकी सुपुत्री कृतिका आचार्यले नृत्य प्रश्तुत गरेकी थिइन् । कार्यक्रम संचालन होली काउ समूहकी पायल मिश्रले गरेकी थिइन् ।
तस्विर- शंकर श्रेष्ठ
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता