लन्डन । ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठलाई बेलायतमा शुभेच्छाको ओइरो लागेको छ । डिसेम्बर १४ तारिख लण्डनमा हुने ‘६९ औं मिस वर्ल्ड प्रतियोगिता’ मा भाग लिन केही दिन अघि लण्डन उत्रिएकी अनुष्कालाई बेलायतका नेपालीले शुभकामना दिने क्रम बढेको हो । प्रत्यक्ष भेटेर वा म्यासेजबाट नेपालीले शुभकामना दिइरहेका छन् ।
एनआरएनए यूके अध्यक्ष पुनम गुरुङसहितको एक टोलीले शनिबार अनुष्का बसेको टावर ब्रीज नजिक होटलमा गएर शुभकामना दिएको छ । बेलायतमा रहेका समस्त नेपाली संघसंस्थाको प्रतिनिधित्व गर्दै एनआरएनए यूके अध्यक्ष गुरुङले संस्थाको लोगोअंकित मायाको चिनो, पुष्पगुच्छा र खादाले सम्मान गर्दै सफलताको शुभकामना दिइन् । ‘वेष्ट वीसेस् अनुष्का’, पुनमले भनिन्, ‘तपाईंको सहभागिताले समस्त नेपालीको इज्जत बढेको छ । उपाधि जितेर नेपाल र नेपालीको सान अझ उचाईंमा पुरयाएको देख्न-सुन्न हामी आतुर छौं ।’
अनुष्काले शुभकामना प्राप्त गरेपछि खुशी हुंदै आभार व्यक्त गरिन् । उनले आफूलाई जिताउन सबै नेपालीसंग अपिल पनि गरिन् । विदेशी भूमिमा नेपालीको शुभेच्छाबाट आफ्नो आत्मबल झन् बढेको अनुष्काले बताएकी छन् ।
पुनमका साथ एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेल, युवा समाजसेवी हेम गुरुङ, सञ्चारकर्मीहरु राजदीप राई, शंकर श्रेष्ठ लगायत सहभागी थिए । मिस नेपालसंग भेटघाटको संयोजन प्रसुनाले गरेकी हुन् । एनआरएनए यूकेले ग्रयाण्ड फिनाले अगाडि अनुष्काको ‘वेष्ट वीसेस्’ कार्यक्रम गर्ने भएको छ ।
अनुष्का अहिले ‘ट्रेनिङ’ मा व्यस्त छिन् । एक्सेल लण्डनमा हुने प्रतिस्पर्धामा सहभागी हुन १११ देशका सुन्दरीहरु लन्डन आइसकेका छन् । प्रतियोगीहरुबीच टप ४० मा छानिन मल्टिमिडिया, स्पोर्टस, ट्यालेन्ट, टप मोडल, ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी वीथ अ पर्पोज’ जस्ता विद्यामा प्रतिष्पर्धा शुरु भएको छ ।
अनुष्काले मल्टिमिडिया अवार्डमा अनलाइन मत दिएर जिताइदिन सबैसंग अपिल गरेकी छन् । अवार्ड जित्न धेरै लाइक आवश्यक पर्छ, जसका लागि MOBSTAR एप्स डाउनलोड गर्नुपर्नेछ । एप्स डाउनलोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाइक गर्न सकिनेछ । एक लाइक एक भोटको रुपमा गणना हुने आयोजकले जनाएका छन् ।
तस्विरहरु- शंकर श्रेष्ठ
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता