लन्डन । भारतले हालै नयां नक्सा जारी गरि नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भूभागका रुपमा देखाएकोप्रति एनआरएनए यूकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त भारतीय रवैयाप्रति एनआरएनए केन्द्रिय समितिका तर्फबाट र नेपालभर तीव्र विरोध भइरहेका बेला एनआरएनए यूकेले सिमाना जस्तो संवेदनशील सवालमा भारत सरकारको एकतर्फी रवैया र बल मिच्याइको घोर भत्र्सना र विरोध गरेको हो ।
‘संसारभर छरिएर रहेका गैर आवासीय नेपाली जस्तै आम बेलायतवासी नेपालीहरु पनि यो घट्नाले क्षुब्ध र स्तब्ध बनेका छन्’- गैर आवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीच सुल्झाउन बांकी रहेका सीमा सम्बन्धी विषय कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमति तथा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्गयाउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमले दुई देशबीचको सम्बन्धमा समेत असर पुग्न सक्ने हाम्रो ठहर छ ।’
नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा नेपाल सरकार, आम नेपाली नागरिक तथा सम्पूर्ण गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्छ भन्ने संघको मान्यता अनुरुप गैर आवासीय नेपाली संघ बेलायतले सरोकारवाला सबैसंग यसको समाधानका निम्ति आव्हान समेत गरेको छ । गैर आवासीय नेपाली संघ बेलायतले भारतसंगको सीमा विवाद समाधानका लागि तत्काल कुटनैतिक पहल शुरु गर्न नेपाल सरकार समक्ष अनुरोध गरेको छ ।
विज्ञप्तिमा नेपाल सरकारले सीमा रक्षाका लागि चाल्ने हर कदममा ऐक्यवद्धता प्रकट गर्दै आवश्यक परे यस मुद्दा अन्तर्राष्ट्रियकरण गर्ने सवालमा समेत महत्वपूर्ण योगदान रहने प्रतिवद्दता समेत व्यक्त गरिएको छ ।
‘आम बेलायतवासी नेपालीहरुको समेत अत्यन्तै चासो र सरोकार रहेको यो मामिलामा गैर आवासीय नेपाली संघ बेलायत यसको निष्कर्षमा नपुगुन्जेल सम्बन्धित निकायमा आफ्नो आवाज बुलन्द गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छ’- विज्ञप्तिमा उल्लेख छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न