
लन्डन । बेलायती तथा नेपाली व्यवसायीहरुको एउटा
संगठन ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) ले कार्यभार सम्हाल्न नेपाल जान लागेकी बेलायती
राजदूत निकोला पोलिटसंग लन्डनमा अन्तरक्रिया गरेको छ । नेपालका लागि पहिलो महिला बेलायती राजदूतसंग बिएनसीसीले बुधबार लन्डनस्थित होलिडे इनमा कार्यक्रम गरेको हो ।
अध्यक्ष डा. कपिल रिजाल र उपाध्यक्ष बिराज भट्टले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्दै राजदूत निकोलाको ‘कुटनीतिक करिअर’ तथा जीवनीबारे परिचय दिएका थिए । उनीहरुले राजदूतको कार्यकाल सफलताको शुभकामना पनि दिए ।
बेलायती-नेपाली व्यवसायी तथा मिडियाहरुले खचाखच भरिएको हलमा राजदूत पोलिटले बेलायत नेपाल सम्बन्धबारे चर्चा गर्दै नेपालमा गएर काम गर्न उत्साहित भएको बताइन् । बेलायत नेपाल सम्बन्ध थप प्रगाढ बनाउन आफूले सक्दो भूमिका खेल्ने उनले उल्लेख गरेकी थिइन् ।
पोलिटले नेपाल जानुपूर्व आफ्नो सम्मानमा कार्यक्रम गरेकामा बिएनसीसीप्रति आभार प्रकट गरिन् । उक्त कार्यक्रममा बेलायतीसहित नेपाली व्यवसायीहरु राजन कंडेल, दीपक श्रेष्ठ, बीपी खनाल, सपनकुमार राई, ओजेश सिंह, सन्तोष मण्डल, जीवन सेन लगायतको उपस्थिति थियो ।
डा. कपिल रिजालको अध्यक्षतामा नयां कार्यसमिति चयन भएसंगै बिएनसीसीले विविध कार्यक्रम गरेर बेलायती तथा नेपाली डायस्पोरामा पृथक प्रभाव छाडेको छ । उपाध्यक्ष बिराज भट्टका अनुसार, बिएनसीसीले आउंदो वर्ष नेपालमा व्यापार तथा लगानी प्रवर्धनका लागि श्रृंखलावद्ध कार्यक्रम गर्ने तयारी गरेको छ । बेलायतबाट नेपालमा लगानी भित्रयाउन पहल गर्ने, दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, विभिन्न ट्रेड डेलिगेसनमार्फत व्यापार तथा लगानीका सम्भाव्यता पहिल्याउने र सेमिनार तथा अन्तरक्रिया गर्ने संस्थाको प्रतिवद्धता छ ।
को हुन् पोलिट ?
नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट नियुक्त भएकी छिन् । २०० वर्ष भन्दा लामो नेपाल ब्रिटेन सम्बन्धमा ब्रिटिश राजदूतको रुपमा नियुक्त उनी पहिलो महिला हुन् ।
नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिसको कार्यावधि पुरा हुनै लाग्दा उनलाई नयां राजदूत नियुक्त गरिएको थियो । पोलिटले यही नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्ने छिन् ।
गत दुई वर्ष देखि ब्रिटिश विदेश मन्त्रालयको पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयमा अतिरिक्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेकी पोलिटले सन् २०१४ देखि २०१६ सम्म ब्रिटिश प्रधानमन्त्रीको सहायक निजी सचिवको रुपमा काम गरेकी थिइन् ।
त्यसअघि ब्रिटेनको मन्त्रिपरिषदमा अफगानिस्तान, पाकिस्तान र भारतका लागि वरिष्ठ नीति सल्लाहकारको रुपमा काम गरिसकेकी उनले काबुल तथा ओस्लोमा पनि कूटनीतिज्ञको रुपमा काम गरेकी थिइन् ।
पोलिट नेपालसंग अपरिचित होइनन् । उनले विद्यार्थी छंदा नै अन्नपूर्ण सर्किटमा तीन साता लामो पदयात्रा गरेकी थिइन् । राजदूत नियुक्तिपछि हालैमात्र उनी तीन साता नेपाल भ्रमण गरेर फर्किएकी हुन् । उनले ९ महिनायता नेपाली भाषा सिकिरहेकी छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता