काठमाडौँ । यस वर्षको अन्तर्राष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ पत्रकारद्वय श्याम लुईटेल (यूके) र यूवराज गौतम (नेपाल) लाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ ।
प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाइरहेका पत्रकार लुईटेल यूकेबाट सन्चालित वीनेपाल डट कमको सम्पादक मण्डलमा छन् भने गौतम इमेज खवर डटकमको डेस्क इडिटर हुन् ।
दुई दशक लामो पत्रकारिताको अनुभव भएका लुईटेल रेडियो सगरमाथा, राजधानी दैनिक हुँदै बेलायतमा संचालित न्यूज पोर्टल वीनेपाली डटकममा सकृय छन् । समाजशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गरेका लुईटेल नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष हुन् ।
त्यसैगरी पत्रकार गौतम करिव दुई दशकदेखि नेपाली पत्रकारितामा सकृय छन् ।
नेपाल र विदेशमा एनआरएनएका बारेमा कमल चलाउने पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले अन्तरराष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार स्थापना गरिएको थियो । गैरआवासीय नेपाली संघका एक अभियन्ता चिरन्जिवी ढकालकी स्वर्गीय माता सीतादेवी ढकालको नाममा स्थापित गरिएको सो पुरस्कार प्रत्येक दुइ वर्षमा प्रदान गरिन्छ ।
पुरस्कारको राशी ५ सय अमेरिकी डलरसहित प्रमाण पत्र छ । पुरस्कार यस बर्ष संयुक्त रुपमा वितरण गर्न लागिएको हो ।
यसअघि सो पुरस्कार युवा पत्रकार कृष्ण ढुगांनाले पाएका थिए । यो वर्ष एनआरएनएको नवौं विश्व सम्मेलनका अवसरमा काठमाडौँमा उक्त पुरस्कार प्रदान गरिने संस्थापक ढकालले बताए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’