लन्डन –यहाँस्थित नेपाली दूतावासमा शनिवार दिउसो एक समारोहका बीच दशैं लगायत चाडहरुको अवसरमा एक स्वागत समारोह आयोजना गरियो ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले दूतावासले राहदानी लगायतका सेवा आधा घण्टा भित्रै दिने व्यवस्था मिलाएको र घरघरमै भिसा उपलब्ध गराइरहेको जानकारी दिए । उनले निकट भविष्यमै दूतावासले बेल्फास्ट, स्विन्डन, डब्लिन, ग्लासगो लगायत शहरमा गएर नेपालीहरुका घरघर मै सेवा पुराउने लक्ष लिएको पनि बताए ।
उनले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा आउंदो वर्ष बेलायतबाट कम्तिमा एक लाख पर्यटक नेपाल पठाउने गरी काम भै रहेको जानकारी पनि गराए । राजदूत सुवेदीले दशैं, तिहार, म्ह पूजा, नेपाल संवत, छठ तथा ल्होसारको अवसरमा सबै नेपालीहरुलाई शुभकामना दिए ।
कार्यक्रमका प्रमुख अतिथि भूतपूर्व परराष्ट्र मन्त्री डा भेषबहादुर थापाले नेपालमा छोटो समयमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु भएको तर त्यस अनुसार आर्थिक प्रगति हुन नसकेको बताए। ‘राजनीतिक काँचुली मात्रैले समृद्धि हुंदैन, आर्थिक र सामाजिक काँचुली फेर्न बांकी नै छ’-उनले भने ।
भारत तथा अमेरिकाका लागि नेपाली राजदूत रहिसकेका डा थापाले नेपालीहरुले संसार भरि गरेको प्रगतिबाट आफू अत्यन्त हर्षित भएको पनि बताए ।
कार्यक्रममा कोसेली संस्कृतिक परिवारले विभिन्न रोचक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो ।
समारोहमा एनआरएन युकेकी नवनिर्वाचित अध्यक्ष पूनम गुरुङसहित कार्यसमितिका सदस्य, पदाधिकारी तथा आइसीसी सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बेलायतका विभिन्न शहरहरुबाट झन्डै ३०० को संख्यामा नेपाली तथा केही ब्रिटिश पाहुनाहरु पनि उपस्थित थिए । कार्यक्रममा दिवा भोजको पनि व्यवस्था गरिएको थियो ।
तस्बिर- शिव भण्डारी
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता