लन्डन । तोकिएको निर्धारित मितिमा नेपाल टिम आउन नसक्ने भएपछि बेलायतमा हुने इंग्ल्याण्ड सी टिम र नेपाली राष्ट्रिय फुटबल टिमबीचको खेल अनिश्चित भएको छ ।
आउंदो वर्ष ३० मे, २०२० का दिन इंग्ल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिमबीच अल्डरसट टाउन फुटबल क्लवमा खेल गर्ने घोषणा गरिएको थियो । त्यस्तै सन् २०२१ मा इंग्लिस फुटबल टोलीले नेपाल गएर खेल्ने बताइएको थियो । तर, नेपालले उक्त ‘डेट’ मा आउन असम्भव भएको जानकारी इंग्ल्याण्ड फुटबल एसोसिएसनलाई दिएको छ ।
आगामी वर्ष ४ जुनमा नेपाल टिमले जोर्डनमा ‘वल्डकप क्वालिफाइङ खेल’ खेल्ने हुंदा नेपालले मे १८ देखि २२ सम्म ‘डेट’ मागेपनि इंग्ल्याण्ड फुटबल एसोसिएसनले ति दिनमा आफूहरुको नमिल्ने जनाएको हो ।
यस परिस्थितिबारे छलफल गर्न नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले एफए र सहारा यूके पदाधिकारीसंग बिहीबार दूतावासमा आपतकालिन बैठक डाकेका थिए । बैठकमा इंग्ल्याण्ड फुटबल एसोसिएसनको न्याशनल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले, सहारा यूके अध्यक्ष कुमार गुरुङ, पूर्व अध्यक्ष मिनबहादुर गुरुङ साइला, कुसाङ गुरुङ, अलान सान्का, दूतावासका उपनियोग प्रमुख शरदराज आरण, सैनिक सहचारी कुमार थापा लगायत सहभागी थिए ।
बैठकमा उपयुक्त ‘डेट’ तय गर्ने लगायत अन्य रणनीतिक छलफल भएको एक सहभागीले जानकारी दिए । राजदूत डा. सुवेदी आउंदो वर्ष अक्टोबरमा आफ्नो ४ वर्षे कार्यकाल सकिएर नेपाल जानु अघि नेपाली टिमलाई बेलायती भूमिमा ल्याउन चाहन्छन् । बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएको २०३ वर्षको इतिहासमा नेपाली फुटबल टिम बेलायत ल्याउन लागिएको यो पहिलो हो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस