सानो छंदा माया र विछोडका गीति कथाले उनलाई पनि आकर्षित गर्दथ्यो । रेडियो नेपालमा भोग्यप्रसाद शाह र आफ्ना पिता किरण खरेलले चलाउने गीति कथाका उनी नियमित श्रोता । त्यसताका नेपाली गीत कम थिए । कथा नेपाली गीत चाहिं हिन्दी बज्थ्यो । वि.स. २०२६, २७ सालदेखि नेपाली गीत बढे, कथा पनि नेपाली र गीत पनि नेपाली राख्ने प्रचलन बढ्यो । प्रेम, विछोड र मायालुको सम्झनामा बन्ने गीतिकथाले ३० र ४० को दशकमा त राम्रो ‘माइलेज’ लिएको सम्झन्छन् अग्रज ।
उनलाई पुरानो गीतिकथा एकपटक फेरि ब्युंझाउने सोच बन्यो । आफैं गीत कोर्ने बीबीसीका पुराना पत्रकार सुमन खरेललाई पुरानै ढर्राको गीति कथा बनाउन चाहिं त्यति मन थिएन । विश्वकै प्रतिष्ठित प्रसारण संस्थामा आवद्ध भएपछि केही नौलो पस्कनु उनका लागि चुनौति पनि थियो । ‘गीति कथाले मनोरञ्जनसंगै केही सामाजिक सन्देश समेत प्रवाह गरोस् भन्ने उद्देश्यले नयां ढांचामा कार्यक्रम परिकल्पना गरेको हुं’, बीबीसी नेपाली सेवाबाट प्रत्येक सोमबार प्रसारण हुने अहिलेको चर्चित श्रृंखला ‘एउटा कथा जिन्दगीको’ का परिकल्पनाकार खरेल भन्छन् । खरेलले पस्केको अर्को नौलो स्वाद चाहिं लेखक नै प्रस्तोता हुन्छ गीति कथामा । ‘पहिले पहिले एक जना प्रस्तोता तर कथा अनेक मान्छेका हुन्थे, यसमा चाहिं लेखक नै प्रस्तोता हुन्छ’, खरेल सुनाउंछन्, ‘एउटाले लेख्ने तर अर्कोले बोल्दा लेखकमाथि अन्याय हुने ठानेर यस्तो ढांचा सोचें ।’ नारीको भावना नारीले नै अझ सशक्त रुपमा व्यक्त गर्न सक्ने उनको बुझाइ छ ।
०७१ बैशाख एकबाट शुरु उक्त श्रृंखला हालसम्म ९ भाग प्रसारण भइसकेको छ । ति श्रृंखलाको रोजाइमा यादव खरेल, प्रकाश सायमी, गीता त्रिपाठी, अखण्ड भण्डारी, सुमन खरेल, मिथिला प्याकुरेल, निरोधराज पाण्डे, नवराज लम्साल थिए । प्रसारित कार्यक्रमले नेपाली समाजका बेथिती जस्तै
हेलाका पात्र बनेका वृद्धवृद्धा, बोक्सी प्रथा, बेरोजगारी समस्या, वादी महिलाका पीडा, समाजमा आइरहेका परिवर्तन र मान्छे जिउनका लागि गर्ने संघर्ष, वाल्यकालका अविष्मरणीय क्षण आदि विषयवस्तु बोकेको खरेल सुनाउंछन् ।
नयां गीति कथा लिएर खगेन्द्र नेपाली, मिथिला शर्मा, मदनदास श्रेष्ठ, अभि सुवेदी आदि आउंदैछन् । मोफसलका श्रष्टालाई पनि समेट्ने लक्ष्य खरेलको छ ।
गीति कथाका पुराना प्रस्तोता, स्थापित लेखक, कलाकार र नयां पुस्ताका चर्चित व्यक्तित्व श्रृंखलामा छानिने भाग्यमानी हुन् । दश मिनेटमा ४ मिनेट गीत बजाएर बांकी ६ मिनेटमा कथा सक्न चाहिं सबभन्दा ठूलो चुनौती छ उनलाई । धेरै श्रोताको गुनासो छ, कार्यक्रमको समय कम भयो । सिक्वेन्स्मा उचित गीत छान्न पनि सहज छैन् ।
श्रृंखला अरु केही महिना लम्बिने छ । कार्यक्रमका बांकी श्रृंखला रेकर्डिङ गर्न उनी अब छिट्टै नेपाल गएर महिना दिन जति बस्ने योजनामा छन् ।
दुई दशक बढि समयदेखि बीबीसी नेपाली सेवामा आवद्ध उनका यसअघि अपरिचित पात्र, प्रचण्डलाई प्रश्न, द्धन्द्धका दशक, एउटा मान्छे लोकप्रिय श्रृंखला हुन् । ‘गाउंघरका श्रोतालाई समेत रमाइलो र बुझ्ने
पारामा सुसूचित र शिक्षित तुल्याउनु रेडियोको दायित्व पनि हो’, बीबीसी नेपाली सेवा लन्डनका डेक्स् एडिटर खरेलले जांदाजांदै भने ।
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते