लन्डन । एनआरएनए यूकेको अवरुद्ध मतगणना सुचारु गर्न दुवै पक्षबीच सहमति भएको छ ।
अध्यक्षका दुई प्रत्यासी शेर सुनार र पुनम गुरुङ समूह, निर्वाचन आयोग तथा एनआरएनए केन्द्रिय नेताहरुबीच लामो वार्तापछि बुधवार राती एक बजे सहमति बनेर गणना बिहीवार बिहान १० बजेबाट शुरु हुने भएको हो ।
वार्तामा सहभागी एनआरएनए उपाध्यक्ष कुल आचार्यले विवादपछि निवेदन परेका बेजिङस्टोक र ह्यारो बुथको मत छानवीन पछि मात्र अन्तिममा गन्ने सहमति भएको जनाए ।
छानवीन समितिमा कर्नेल यमबहादुर राना, मेजर कृष्ण बहादुर गुरुङ र उमेश मोक्तान छन्। उक्त समितिले विवादपछि निवेदन परेका बेजिङस्टोक र ह्यारो बुथको छानवीन गर्ने छ ।
स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सको मतगणना भइसकेको छ भने अब बाँकी इंग्ल्याण्डका १० मध्ये बेजिङस्टोक र ह्यारो बुथबाहेकको मत गनिने छ ।
मतगणना सुचारु गर्न एनआरएनए केन्द्रिय तहबाट पनि लिखित निर्देशन आएको थियो भने बेलायतस्थित केन्द्रिय नेताहरुले पनि सहमतिका लागि प्रयास जारी राखेका थिए ।
एनआरएनए यूकेको नयां कार्यसमिति चयनका लागि गत शनिबार १४ सेप्टेम्बरमा निर्वाचन भएको थियो । तर, अध्यक्षका एकजना प्रत्यासी शेर सुनार समूहले
बेजिङस्टोक बुथमा धांधली भएको भन्दै मतगणना बहिष्कारपछि गणना अवरुद्ध भएको थियो ।
पुनम समूहले हजारौं मतदाताको भावनामाथि खेलवाड नगर्न चेतावनीसहित गणना तत्काल थाल्न दवाव दिइरहेको थियो। यद्यपि गणनाबाट बाहिरिएको शेर समूहलाई समावेश गरेर लैजान छलफल जारी थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता