लन्डन । नेपाली नारीहरुको महान पर्व तीज लन्डनमा पनि धुमधामका साथ मनाइएको छ । तमु समाज युके आमा समूहले गत ३१ अगष्ट २०१९ शनिबार लन्डनको वेम्बली बरहाम पार्कस्थित आफ्नै भवनमा ‘लेडिज नाइट तथा हरितालिका तीज’ कार्यक्रम गरेको हो ।
तमु समाज युके आमा समूहकी अध्यक्ष बिन्दु घलेको अध्यक्षतामा कार्यक्रम भएको थियो । तमु समाज युके सांस्कृतिक सचिव सरु गुरुङ रानाले सञ्चालन गरेको कार्यक्रममा आमा समूहकी सचिब बिभादेवी गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी दिएकी थिइन् ।
आमा समूहकी अध्यक्ष बिन्दु घले, जेष्ठ नागरिक श्रीमति टुल्की गुरुङ र आमा समूहकी निवर्तमान अध्यक्ष माया गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमको आरम्भमा नेपालको राष्ट्रिय गीत बजाइएको थियो ।
कार्यक्रममा तमु समाज युके आमा समूह, तमु प्ये ल्हु संघ युके आमा समूहका दिदी बहिनीहरु, लण्डनका अन्य संघ संस्थाका महिला अतिथिगण, प्रतिनिधि तथा नेपाली नारीहरुको उल्लेख्य उपस्थिति थियो ।
समुदघाटनपछि तमु समाज युके आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङले स्वागत र अध्यक्ष बिन्दु घलेले धन्यवाद मन्तब्य राखेका थिए । त्यसैगरि तमु प्हे ल्हु संघ युके आमा समूहकी अध्यक्ष विष्णु टु क्ल्हेप्री तमुले कार्यक्रममा अतिथिको रुपमा सहभागी हुन पाउंदा अत्यन्त खुशी लागेको बताउंदै आयोजक समिति र उपस्थित सबैलाई हरितालिका तीजको शुभकामना सहित धन्यबाद व्यक्त गरिन् ।
औपचारिक कार्यक्रमपछि तमु समाज युकेकी सांस्कृतिक सचिव सरु गुरुङ रानाको कोरियोग्राफीमा तमु समाज युके आमा समूहले एक सामूहिक तीज नृत्य र सुश्री सुबिना गुरुङको एकल नृत्य भएको थियो ।
कार्यक्रमको अन्तिम चरणमा यस वर्ष पुरस्कृत भएका तीन जना उत्कृष्ट नृत्यङ्गनाहरुले सामूहिक नृत्य प्रस्तुत गरे ।
कार्यक्रममा आकर्षक पुरस्कारहरुको राफल ड्र, तीजको दर र विशाल लामाको डिजेमा अपरान्ह देखि राती अबेर सम्म सबैले तीज गीतमा छमछमी नाचेर भरपुर मनोरन्जन गरे ।
तीज नृत्यमा आठजना उत्कृष्ट नृत्याङ्गनाहरु पुरस्कृत पनि भए । पुरस्कृत हुनेमा ज्योती राई प्रथम, मन कुमारी गुरुङ द्वितिय, निरु कोइराला तृतीय, मिना तामाङ चौथो, हेमा पुन पांचौं, शिक्षा राना छैटौं, राम कुमारी सापकोटा सातौं र निर्मला गुरुङ आठौं स्थानमा विजयी भएका थिए ।
कार्यक्रमको अन्तमा तमु समाज युके आमा समूहकी अध्यक्ष बिन्दु घलेले यस वर्ष प्रथम उत्कृष्ट नृत्याङ्गना ज्योती राईलाई ताज, नटराजको प्रतिमा, प्रमाणपत्र र तमु समाज युके आमा समूहले प्रायोजन गरेको प्रथम पुरस्कार दिइन् । त्यसैगरि अन्य पुरस्कृत नृत्याङ्गनाहरुलाई विभिन्न सदस्य तथा अतिथिले प्रायोजन गरेका पुरस्कारहरु दिइयो ।
कार्यक्रममा लन्डन साउथ हयारोस्थित जय श्री कृष्ण ज्वयलर्सका प्रोपाइटर प्रकाश बिकले प्रायोजन गरेको आधा तोला सुनको बेरुवा औंठी प्रथम पुरस्कार रहेको ‘राफल ड्र’ पनि खेलाइएको थियो । ‘राफल ड्र’ को प्रथम पुरस्कार कुमारी खत्रीले जितिन् । ’राफल ड्र’ को अन्य पुरस्कारहरु विभिन्न व्यक्तिले स्वस्फुर्त प्रायोजन गरेका थिए ।
कार्यक्रममा तमु समाज युकेका खेलकुद सचिव तथा खाद्य संयोजक हरिमान गुरुङको संयोजनमा भोलिन्टियर, सल्लाहकार तथा कार्यसमिति सदस्यहरुको सहयोगबाट तयार भएको दर ख्वाइएको थियो । आमा समूहका सदस्यले पनि सेलरोटी, मिनरल वाटर, अन्य पेय पदार्थ तथा आर्थिक प्रायोजन गरेर सहयोग गरेका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा