
बेलायत । नेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय नेपाली संघ युकेको विशेष सक्रियतामा स्थापना गरिएको ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार-२०१९’ का लागि दर्खास्त आह्वान गरिएको छ ।
विश्वको कुनै पनि कुनामा रहेर मातृभूमि नेपालका लागि पत्रकारितामार्फत योगदान दिइरहेका पत्रकारहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको हो । पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिन्छ ।
यसवर्ष प्रदान गरिने सो पुरस्कारका लागि निम्नलिखित आधारहरु तोकिएका छन्–
१. विश्वको कुनै पनि भागमा रहेर सञ्चालित प्रकाशन/सन्चार गृहमार्फत गैरआवासीय नेपालीका बारेमा नेपाली र अङ्ग्रेजी भाषामा कम्तीमा पाँचवर्ष लगातार पत्रकारिता गरेका पत्रकारहरु पुरस्कारका लागि योग्य हुनेछन् ।
२. विभिन्न सञ्चार माध्यममा गैरआवासीय नेपालीका बारेमा प्रकाशित लेख, रचना, समाचार आदि लगायत श्रव्य, दृश्य सामग्रीहरुको मूल्यांकन गरी सो पुरस्कार प्रदान गरिने छ ।
३. गैरआवासीय नेपालीका जनजीवन लगायत तिनका समस्या तथा हकहितका बारेमा प्रकाशित, प्रसारित खोजमूलक सामग्री, लेख, रचना तथा समाचारहरुलाई पुरस्कार छनौटमा प्राथमिकता दिइने छ ।
४. तोकिएको अवधिभित्र इच्छुक पत्रकारहरुलाई तल उल्लिखित सम्पर्क ठेगानामा आफ्ना समाचार सामग्रीहरु पठाउन हुन अनुरोध छ । यसैगरी, यदि कसैलाई कुनै पनि संचारकर्मीले गैरआवासीय नेपालीका बारेमा पत्रकारितामार्फत उल्लेख्य योगदान पुर्याएको भन्ने लाग्छ भने त्यस्ता व्यक्तिको नाम पनि पुरस्कारका लागि सिफारिस गर्न सकिने छ ।
५. एनआरएनए (एनआरएनएसित सम्झौतामा चालू परियोजनामा कार्यरत समेत) र नेपाल पत्रकार महासंघ युकेमा सम्वद्द व्यक्ति पुरस्कारमा सहभागी हुन पाउने छैनन् ।
६. पुरस्कृत व्यक्तिको छनौटका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष, नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष रहेका एक समिति बनाइएको छ ।
७. पुरस्कृत पत्रकारलाई एकल वा संयुक्त रुपमा जनही ५० हजार ५०० रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९’ प्रदान गरिने छ ।
८. तोकिएको मिति भित्र आफूले लेखेको, प्रशारण गरेको, श्रव्य–दृश्य, समाचार, लेख रचनाहरुका प्रकाशित, प्रसारित सामग्रीहरु (बढीमा तीनवटा) र सिफारिसहरु निम्न इमेलमा पठाउनु पर्नेछ ।
९. सम्पर्क ठेगाना Email: [email protected]
१०. आइपुग्नु पर्ने मिति— ३० सेप्टेम्बर, २०१९ ( नेपाली समयअनुसार राति १२ बजेभित्र)
११. पुरस्कृत पत्रकारलाई गैरआवासीय नेपाली संघको आउँदो अक्टोबर महिनामा काठमाडौंमा हुन गैरहेको विश्व सम्मेलनका अवसरमा पुरस्कार प्रदान गरिनेछ।
गैरआवासीय नेपाली संघ युके
नेपाल पत्रकार महासंघ युके
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता