दोहा- गैर आवासीय नेपाली संघ कतारको दोहामा आयोजित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको आठौँ महाधिवेशनमा केन्द्रको तर्फबाट उपस्थित हुन कतार पुगेका गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष तथा आगामी चुनावमा अध्यक्षका दावेदार कुल आचार्यले नेपालीहरुले पसिना बगाएर कमाएको रेमिट्यान्सबाट मुलुकले ठूलो धनराशी बटुल्ने गरेको तर उनीहरुको जीवन सुरक्षाका लागि पर्याप्त काम हुन नसकेको बताएका छन्।
“हरेक दिन कम्तीमा दुइजना नेपालीहरूको शव त्रिभुवन विमानस्थलमा आउने गरेको छ। कतारमा मात्रै २०२२ विश्व कप फुटबल प्रतियोगिताका लागि रंगशालाहरू बनाउंदा कम्तीमा १४ सय नेपालीहरूको ज्यान गैसकेको मानव अधिकारवादी संघसंस्था तथा समाचारपत्रहरूले जनाएका छन्। त्यसैले आजको पहिलो अवश्यकता भनेको नेपाली दाजुभाइहरूको जीवनको सुरक्षा हो । त्यस्तै हाम्रा दिदी बहिनीहरूले सुरक्षित रूपमा काम गर्न पाउने वातावारण सुनिस्चित गर्नु पनि हो,” आचार्यले भने। आफु अध्यक्षको उम्मेदवार बन्दै गर्दा खाडी मुलुकमा काम गर्ने तमाम नेपाली श्रमजीवीहरुको जीवन र स्वास्थ्यका लागि विशेष पहल गर्ने उनले बताए ।
अधिकांश रेमिटान्स रकम घरायसी र उपभोग्य वस्तुमा नै खर्च हुने गरेको भन्दै रेमिटान्स आम्दानीलाई लगानीमा परिणत गर्नु पर्ने आवश्यकता रहेको उनले बताए। आचार्यले नेपाल सरकार, विदेशमा रहेका कूटनीतिक निकाय तथा गैर आवासीय नेपालीहरुको विश्वव्यापी संजालबीच सहकार्य गरी वैदेशिक रोजगार क्षेत्रलाइ मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको औल्याए ।
आचार्यले राष्ट्रमा ठूलो मात्रामा रेमिटान्स भित्र्याएर योगदान गर्ने कर्मशील दाजुभाई दिदीबहिनीहरुको कमाइलाई लगानीमा परिणत गर्न प्रोत्साहन गर्नुका साथै बिचौलिया र सिन्डिकेटलाई तोडेर जसको सम्पत्ति हो, उसैलाई मालिक बनाउन आफुले काम गर्ने पनि बताए ।
आगामी अध्यक्ष पदका दावेदार कुल आचार्य लगायत अधिवेशनमा भाग लिन गैरआवासीय नेपाली संघका सल्लाहकार डा हेमराज शर्मा, उपाध्यक्ष कुमार पन्त, महासचिव डा बद्री केसी, वर्तमान सचिव तथा महासचिव पदकी प्रबल दावेदार जानकी गुरुङ, कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठ लगायत गैर आवासीय नेतृत्व पंक्ति कतार पुगेका थिए।
अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक रहेका आचार्यले पर्वत समाज कतारद्वारा दोहामा आयोजित परिचय तथा भेटघाट कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए।
संस्थाको अध्यक्ष पदको घोषणा तयारी संगै विश्व दौडाहामा लागेका आचार्य दोहाबाट मलेसिया प्रस्थान गरेका छन् । मलेसियामा उनले आइतबार एनआरएन मलेसियाको छैटौं अधिवेशनलाई सम्वोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप