लन्डन । नेपाली संगीतिक क्षेत्रमा गाउँघरका लोक भाकालाई टपक्क टिपेर दर्शक माँझ पस्किरहेका कर्मा शेर्पा बेलायत यात्रामा निस्किए । गाउँघरका भाका र गाउँले जीवनको खुसीलाई चटक्क छाडेर कर्मको पछि लाग्दै एक्कासी बेलायत आइपुगे शेर्पा ।
‘हरेक मानिसलाई समय र भाग्यले कता कता पुर्याउँछ त्यो हामीलाई थाहा छैन, कर्ममा विश्वास गर्ने म जस्तो श्रमिक कर्मकै पछि लागेँ’, कर्मभूमि यूके आउनुलाई यसरी सम्झन्छन् आसन्न एनआरएनए युकेका महासचिव पदका उम्मेदवार कर्मा पहाडी (कमान सिङ कर्मा पहाडी) शेर्पा ।
नेपाली संगीत विशेषगरी लोक दोहोरीमार्फत हरेक नेपालीको ढुकढुकीमा पुग्न सफल शेर्पा अब बेलायतवासी नेपालीको ढुकढुकी बन्न चाहन्छन् । त्यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको महासचिव जस्तो महत्वपूर्ण पदमा उनले गत १८ अगष्टमा उम्मेदवारी दिए ।
नेपाल आदिवासी जनजाती महासंघ बेलायतमा सफलतापूर्वक महासचिवको कार्यकाल पूरा गरिसकेका शेर्पा एनआरएनए युकेको महासचिव भइ युकेबासी नेपालीको सेवा गर्न आतुर छन् । घरपरिवार पछि समाजसेवा उनको दोस्रो प्राथमिकतामा पर्दोरहेछ । जाति, भाषा र क्षेत्रलाई हेर्ने हो भने करिब ८० प्रतिशत एनआरएनए युकेका पंजीकृत सदस्य जनजाति छन् । तैपनि उनी जाति, भाषाभन्दा माथि उठेर सबै नेपालीको सेवा गर्ने उत्कट चाहना राख्छन् ।
आफूलाई कर्मबाट नै स्थापित बनाउन चाहने कर्मा पहाडी शेर्पाको पूरा नाम कमान सिङ कर्मा पहाडी शेर्पा हो । सुदूर पूर्व ताप्लेजुङमा जन्मेका कर्मासित विभिन्न संघसंस्थामा काम गरेको अनुभव छ । मिलनसार स्वभावका शेर्पा सामाजिक काम भनेपछि हुरुक्क हुन्छन् । पूर्व गोर्खाले समान पेन्सनका लागि गरिरहेको आन्दोलनमा पुगिहाल्छन् । नेपाली नागरिकता निरन्तर गरिने अन्तरक्रिया होस् वा भेटघाट उनको सकृयता सधैं रहन्छ । जन्मभूमि प्रतिको उनको अगाढ मायाले लगानी लैजान एनआरएनए बेलायतले प्रमुख भूमिका निर्वाह गर्नुपर्छ भन्ने उनको ठम्याई छ । पैत्रिक सम्पत्ति संरक्षणमा नेपाल सरकारका प्रतिनिधिसँग छलफलमा उनी अग्रभागमै उभिएर जनताका प्रश्न गरिरहेका हुन्छन् ।
एनआरएनए युकेलाई व्यवस्थित, पारदर्शी र बेलायतबासी आम नेपालीको आशा, विश्वास र भरोसाको केन्द्र बनाउन सबै किसिमको मिहिनेत लगाउने उनको योजना छ । एनआरएनए युकेलाई ‘डिजिटलमैत्री’ बनाउने अभिलासाका साथ अहिले बेलायतवासी नेपालीका घरआंगनमा पुगिरहेका छन् । प्रत्यासी शेर्पा मतदान मार्फत सबै बेलायतबासी नेपालीको पूर्ण सहयोग पाउनेमा आसावादी छन् । ‘आदरणीय बेलायतवासी एनआरएनए युकेका मतदातासँग एक व्यक्ति एक मतको आसा गरेका छु’- उनले वीनेपालीसँग भने ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण