
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औँ विश्व सम्मेलन आगामी अक्टोबरमा काठमाडौँमा हुँदैछ । सम्मेलन आउन करिब डेढ महिना मात्रै बाँकी हुँदा अध्यक्षका प्रत्यासी कुमार पन्तले विभिन्न राष्ट्रस्थित नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रियालाई तीव्र बनाउँदै विश्व दौडाहामा निस्कनु हुने भएको छ ।
भेटका क्रममा उहाँले आगामी निर्वाचनमा आफूले अघि सारेको नेपालमा लगानी एवं पर्यटन प्रवर्धन, संघको भावि योजना सहित अन्य विविध चुनावी एजेन्डामाथि छलफल गर्नुहुनेछ ।
हालै मात्रै पन्त बेल्जियम र लग्जेम्वर्गमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको थियो । त्यसअघि इटालीको रोममा सम्पन्न १२ औँ यूरोप बैठक र यूरोपस्थित विभिन्न राष्ट्रिय समन्वय समितिको साधारण सभा एवं अन्तरक्रियात्मक कार्यक्रममा समेत उहाँको उपस्थिति रहेको थियो ।
यही शुक्रबारबाट सुरु हुने भ्रमणका क्रममा उहाँले यूरोपेली विभिन्न मुलुकसँगै मध्यपूर्वका कतार, साउदी अरब, मलेसिया लगायतका राष्ट्रस्थित गैरआवासीय नेपाली समुदायसँग अन्तरक्रिया एवं सल्लाह सुझाव लिन लाग्नुभएको हो ।
मध्यपूर्व भ्रमणका क्रममा विशेषतः त्यहाँ रहेका नेपाली श्रमिक, घरेलु कामदारका समस्या समाधानका विषयमा पनि उहाँले विशेष चासोका साथ छलफल गर्नुहुनेछ ।
यसका साथै सो क्षेत्रबाट नेपालमा भित्र्याउन सकिने लगानी, नेपालमा भित्रने पूँजीको उत्पादनमुलक क्षेत्रमा प्रयोग लगायत अन्य प्राथमिकताका विषयमा छलफल गर्नुहुनेछ ।
यसअघि पनि पन्तले अष्ट्रेलिया, अमेरिका, लगायत विभिन्न ३० वटा मुलुकमा रहेका गैरआवासीय नेपाली समुदायसँग अन्तरक्रिया गरिसक्नुभएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूरोप संयोजक, महासचिव एवं उपाध्यक्षमा समेत दुई कार्यकाल सफलतापूर्वक नेतृत्व गर्नुभएका पन्त संघको नेतृत्वको लागि सशक्त दाबेदार मानिनुहुन्छ । एनआरएन अभियानमा लामो यात्रा र अनुभव मात्रै होइन विभिन्न चरणमा उहाँले गर्नुभएको योगदान पनि उत्तिकै छ ।
एनआरएनए अभियान र यस वृत्तमा निकै जुझारी र कुशल व्यक्तित्वका रुपमा चिनिँदै आउनुभएका पन्तकै सक्रियतामा गत वर्ष काठमाडौंमा विज्ञ सम्मेलन भव्यतापूर्वक सम्पन्न भएको थियो ।
सम्मेलनमार्फत प्राप्त सल्लाह सुझावलाई समेटेर तयार पारिएको श्वेतपत्र सरकारलाई समेत बुझाइसकिएको छ । एनआरएनएको ड्रिम प्रोजेक्टहरु, लाप्राक बस्ती निर्माणदेखि शंखमुल पार्क, संघको आफ्नै भवन निर्माण, १० अर्बको लगानी कोष स्थापना लगायतमा उहाँको सक्रिय सहभागिता रहँदै आएको छ ।
निवर्तमान अध्यक्ष शेष घलेकै पालामा शुरू भएको भिजन २०२० लगायतका अन्य संस्थागत योजनाहरूको कार्यनयनको लागि पनि पन्तको अग्रसरता प्रभावकारी रहेको छ । आगामी दिनमा समेत सो एजेन्डा पन्तको प्राथमिकतामै छ ।
सामाजिक कर्मको भोक र विदेशमा कमाएको पूँजी, ज्ञान र हासिल गरेको क्षमतालाई मातृभूतिमा समर्पण गर्ने उद्देश्यले सन् २००४ बाट एनआरएनए अभियानका जोडिएका पन्त सहयोगी मनकारी र मिलनसार व्यक्तित्वका रुपमा चिनिनुहुन्छ ।
त्यसो त भूकम्प होस् या तराईका फाँटमा आएको बाढीले विक्षिप्त मन नै किन नहोस् पन्त तुरुन्तै प्रभावित स्थानका जनताको घाउमा मलम लगाउन पुगिहाल्नुहुन्छ । विदेशमा आर्जन गरेको पूँजी मात्रै होइन ज्ञान, सीप, प्रविधि र क्षमता समेत नेपालमा भित्र्याएर समृद्ध मुलुक निर्माणमा एनआरएन अभियानलाई पनि सँगसँगै अघि बढाउने र लगानीको विषयलाई नारामा मात्र सिमित नगरी कार्यन्वयन गरेर प्रभावकारी परिणाम हासिल गर्ने योजना उहाँको छ ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी